२० करोड चुक्ता पूँजी रहेको फस्ट माईक्रोले गत आर्थिक बर्षमा तीन करोड ६६ लाख खुद नाफा गरेर अघिल्लो आर्थिक बर्षको दुई करोड ५९ लाखको तुलनामा झण्डै एक करोड बढी कमाएको छ । बैंकको कर्मचारी र संचालन खर्च बढे पनि त्यसलाई सामान्य सावित गर्ने गरी ब्याज आम्दानी र संचालन आम्दानीमा उल्लेखनीय बढोत्तरी गर्नं सकेको छ ।
अर्कोतर्फ बैंकले सुन्य प्रतिशत निस्क्रिय कर्जा भएर पनि ८५ लाख रुपैयाँ कर्जा नोक्सानी कोषमा सारेर आफ्नो जोखिम ब्यवस्थानको पाटोलाई बलियो बनाएको छ ।
बैंकको जगेडा कोषमा पाँच करोड ६१ लाख रुपैयाँ छ भने पूँजी कोष १२.९७ प्रतिशत छ । काठमाडौको गौचरनमा मुख्य कार्यालय रहेको बैंकले अन्य संस्थाहरुलाई थोक कर्जा प्रबाह गर्दै आएको छ ।
बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई राम्रो बोनस शेयरसहितको प्रतिफल बाड्दै आएको थियो ।यसपटक बैंकको प्रति शेयर आम्दानी १८ रुर्पैयाँ मात्र रहे पनि लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी प्रतिफल बाड्नसक्ने पर्याप्त हैसियत बैंकले बनाएको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।