बैंकले निस्क्रिय कर्जा अनुपातलाई समेत तल झारेर डुबेका कम्पनी किने पनि बित्तीय अनुशासन कायम गर्न सफल भएको उदाहरण दिएको छ । गत बर्ष राम्रो बोनस शेयर र नगद लाभांश दिए्र लगानीकर्तालाई उत्साहित बनाएको सिटिजन्सले यसपटक पनि त्यही क्रमलाई अगाडि बढाउने आशा लगानीकर्तामा पलाएको छ । बैंकको चुक्ता पूँजी दुई अर्ब ५५ करोड मात्र र प्रति शेयर आम्दानी २८ रुपैयाँ पुगेकाले कम्पनीको नाफाबाट लगानीकर्ताले राम्रो प्रतिफलको आशा गर्नु स्वभाविक छ । सिटिजन्स त्यसैमा पनि चाडै अर्थात दशैको आसपासमा साधारणसभा गरेर लगानीकर्ताको मुहार हँसिलो बनाउने कम्पनीको रुपमा दरिएको छ ।
कम्पनीको चौथो त्रैमासिक बित्तीय बिबरणको बिश्लेषण गर्दा २१ करोड प्रोभिजन गरेर २३ करोड राईट ब्याक गरेको देखिएको छ भने ब्याज आम्दानी र संचालन नाफा उल्लेखनीय रुपमा बढाएको छ । निक्षेप र कर्जा ह्वात्तै बढाएको कम्पनीको पूँजी कोष अनुपात १३.४५ रहेकाले लगानी अझै बढाउँन सक्ने अबस्थामा देखिन्छ ।
तीन अर्ब भन्दा बढी रुपैयाँ रियल स्टेट कर्जा प्रबाह गरेको बैंकलार्इ राष्ट्र बैंकले रियल स्टेट कर्जाको सावाँ ब्याज भुक्तानीमा हालै दिएको सुविधाले पनि नाफा बढी देखाउँन सहयोग पुगेको देखिएको छ । हालैको भुकम्पले पुर्याएको क्षतिका कारण कर्जाको सावाँ ब्याज भुक्तानीमा आगामी असोज मसान्तसम्मको सुबिधा दिर्इएको छ । यो सुबिधा बेंकले नपाएको भए अहिले असुल हुन नसकेका र म्याद नाघेका कर्जाको सावाँ ब्याज वापत नोक्सानी ब्यवस्था बढाउनुपर्ने थियो, जसको सिधा असर खुद नाफामा हुन्थ्यो ।
कम्पनीको मूल्य आम्दानी अनुपात १७.२६ छ, जुन औसत रुपमा राम्रो हो । कम्पनीको प्रति शेयर नेटवर्थ १४७ छ भने प्रति शेयर कुल सम्पतिको मूल्य १६५२ छ ।
दोस्रो बजारमा कारोबारमा रहेको कम्पनीको शेयर मूल्यको आधारमा हिसाव गर्ने हो भने यस कम्पनीमा लगानी बढाउँदा लगानीकर्ताले घाटा नै खानुपर्ने अबस्था देखिन्न ।
यो पनि पढ्नुहोस्
सिटिजन्सको चौथो बित्तीय बिबरण
समस्याग्रस्त फाईनान्स किन्नेमा सिटिजन्स बैंक अगाडि, प्रिमियर फाईनान्स पनि किन्यो
सिटिजनको १३ प्रतिशत बोनससहित १९ प्रतिशत लाभांश

.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।