मुक्तिनाथले गत बर्ष चुक्ता पूँजी ३६ करोडबाट एकैचौटी ६४ करोड पुर्याउँदा धेरैले लख काटेका थिए – अब बैंक ठूलो भयो धेरै कमाएर प्रति शेयर आम्दानी आकर्षक राख्न सक्दैन । तर त्यो अनुमानलाई गलत सावित गर्दै यसले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म २३ करोड ६७ लाख खुद नाफा कमाएर त्यस्तो अनुमान लगाउनेहरुलाई हावा खुवाईदिएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको चौथौ त्रैमासको तुलनामा ५५ प्रतिशतले खुद नाफा बढाएर बैंकको प्रगति निरन्तर जारी रहेको स्पष्ट संदेश दिएको छ । बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १६ करोड चार लाख खुद नाफा गरेकोमा चौथो त्रैमाससम्ममा त्यसलाई २३ करोड नघाएको हो ।
बैंकको प्रति शेयर आम्दानी ३७ रुपैयाँ छ भने निस्क्रिय कर्जा अनुपात ०.१९ मात्र छ । अर्को आभारभुत सूचक मूल्य आम्दानी अनुपात १५.२५ प्रति शेयर नेटवर्थ १५५, पूँजी कोष अनुपात १३.५२ र प्रति शेयर सम्पतिको मूल्य १४२० रहेको छ ।
पर्यटककीय नगरी पोखरा र आसपासका गाउँ शहरलाई मुख्य कार्य क्षेत्र बनाई लघुवित्तको समेत काम गर्दै आएको मुक्तिनाथले धादिङको सिभिक बिकास बैंकलाई समेत आफुमा गाभेर राष्ट्रियस्तरको बिकास बैंक बनेको हो । बैंकले गत आर्थिक बर्षमा निक्षेप र कर्जामा उच्च बृद्धि गरी ब्याज आम्दानी र संचालन मुनाफामा उच्च बढोत्तरी गरेको छ । बैंकले चालु आर्थिक बर्षमा अरु धेरै कर्जा प्रबाह गरी आम्दानी बढाउनसक्ने प्रशस्त आधारहरु छन् ।
३६ करोड जगेडा कोषमा रहेको बैंकले यस बर्ष पनि लगानीकर्तालाई राम्रै बोनस शेयर दिने लगभग निश्चित छ । गत बर्ष यसले ३८ प्रतिशत बोनस र आकर्षक हकप्रद शेयर दिएर पूँजी बृद्धि गरेको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति अनुसार यस बैंकले तोकिएको दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउँन आफै संभव नभए पनि राम्रा र बढी पूँजी भएका बिकास बैंकहरुलाई समेट्नसक्ने क्षमता भने राख्छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।