सिद्धार्थ डेभ्लपमेन्ट बैंकमाथि कारबाही, लाभांश बितरणमा रोक

Aug 05, 2015 Mero Lagani




नेपाल राष्ट्र बैंकले सिद्घार्थ डेभलपमेन्ट बैंक(SDBL)लाई लाभांश तथा बोनस शेयर घोषणा गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले तोकेको मापदण्ड बमोजिम न्यूनतम पूँजीकोष पुर्याउन नसकेपछि सुधारत्मक कारबाही स्वरुप लाभांश तथा बोनश शेयर घोषणामा रोक लगाएको हो ।

गत २०७१ साल असोज मसान्तको वित्तीय विवरणको आधारमा यस बैंकको पूँजीकोष न्यूनतम रुपमा तोकेको ११ प्रतिशत भन्दा ०.२३ प्रतिशत बिन्दुले नपुग भएको देखिएकोले सुधारत्मक कारबाही  जारी गरेको राष्ट्र बैकले जनाएको छ । थिच्नुस । 

केन्द्रिय बैंकले संस्थाको पुँजी बृद्घि (रि–क्यापिटलाईजेशज) गर्न  योजना मागेको छ । त्यस्तै केन्द्रिय बैंकले नयाँ शाखा खोल्न रोक लगाउने तथा २०७२ श्रावण १ मा कायम रहेको निक्षेप रु.६ अर्ब ९२ करोड ३२ लाख ६० हजारको १० प्रतिशतले थप गर्दा हुने रकम भन्दा बढी निक्षेप परिचालन नगर्न समेत निर्देशन दिएको छ । केन्द्रीय बैंकले सुधार कार्यक्रमहरु सम्बन्धमा संस्थाको उच्च व्यवस्थापनसँग छलफल गरी छलफलका विषयवस्तुलाई अभिलेखको रुपमा राख्न निर्देशन समेत दिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए  ।

Notice

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको शीध्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०६४ को विनियम ३(क) बमोजिम सुधारत्म निर्देशन दिएको जनाएको छ । जम्को प्रकाशन प्रालि को कर्जा काण्डबाट थलिएको बैंक उठ्न नपाउँदै अर्को कारबाहीमा परेको हो ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।