दुई अर्ब ४३ करोड चुक्ता पूँजी रहेको एनबीले गत बर्षमा ७९ करोड खुद नाफा कमाएको छ भने दुई अर्ब ४० करोड चुक्ता पूँजी रहेको एनएमबीले ५० करोड मात्रै कमाएको छ । एनबीले अघिल्लो आर्थिक बर्षमा ७४ करोड कमाएको थियो भने पाँच करोड मात्रै बढाउन सकेको छ तर एनएमबीले अघिल्लो आर्थिक बर्षमा ४० करोड कमाएकोमा १० करोड बढाएको छ । प्रति शेयर आम्दानीमा एनबीको ३३ र एनएमबीको २१ रुपैयाँ मात्र छ ।
कर्जा तथा निक्षेप बिस्तारमा दुबै बैंक उस्तै रहेका देखिन्छन् । एनबीको निक्षेप बढेर ३३अर्ब नाघेको छ भने कर्जा १९ बाट २५ अर्ब, एनएमबीको निक्षेप २७ बाट ३४ अर्ब र कर्जा २० बाट २७ अर्ब पुगेको छ । निस्क्रिय कर्जा अनुपात एनबीले घटाएर १.३२ र एनएमबीले ०.५५ बाट ०.४२ मा झारेर निकै सुधार गरेको छ । एनबीको जगेडा कोषमा दुई अर्ब ४७ करोड र एनएमबीको ९१ करोड ६७ लाख मात्र छ ।
अन्य आधारभुत पक्षहरु नियाल्दा पूँजी कोष एमबीको ११।३६ र एनएमबीको ११.२० छ । मूल्य आम्दानी अनुपातमा एनबीको १५.६४ र २४.१५ गुणा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ तर्फ एनबीको २०२ र एनएमबीको १३८ र प्रति शेयर सम्पतिको मूल्यमा एनबी १७०२ र एनएमबीको १७२२ रहेको छ ।
एनबीको जगेडा कोषमा बलियो रहेको र बंगलादेशी साझेदारहरुको हातमा ४२ प्रतिशत भन्दा बढी शेयर रहेकाले उनीहरुले चाहेमा जगेडा कोष समेत उपयोग गरेर राष्ट्र बैंकले हालै तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउनसक्ने देखिन्छ । त्यसमाथि राष्ट्र बैंकले आफ्नै नियन्त्रणमा रहेको एनसीसी बैंकलाई समेत एनबीमा मर्ज गराउने प्रयास भईरहेको छ । अर्कोतर्फ एनएमबीले पनि क्षेत्रीयस्तरका पाथिभरा, भृकुटी लगायतका र राष्ट्रियस्तरको क्लिन इृनर्जीलाई आफुमा गाभ्ने प्रक्रियामा छ भने आफैले ८ अर्ब पुर्याउन जगेडा कोष र कमाईले साथ नदिने हुनाले थप बैंकहरु मर्ज वा हकप्रद जारी गर्नु अनिबार्य छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।