नेप्सेमा उत्तार चढाबको कारण के हो, बजारले नयाँ उचाई लिन सम्भव छ ?

Aug 08, 2015 Mero Lagani



Haribil Kafle- हरिबोल काफ्ले  

अहिलेको नेप्सेको उछालको कारण के हो, मौद्रिक नीति वा अन्य केहि ?

सतही कारण त मौद्रिक नीति नै हो तर त्यो मात्र आफैमा पुर्ण कारक होईन । मौद्रिक नीतिले दिएको सकरात्मक सन्देशले गर्दा शेयरमा देखिने प्रभाव अर्मुत र अल्पकालिन छ ।

उक्त नीतिले छाडेको पदचापलाई वजारको प्रवृतीमा अर्को कुनै सैद्धान्तिक पक्षले टेवा दिन थालेको अवस्थामा भने वजारमा दिर्घकालिन रुपको वुलिस प्रवृती देखापर्छ । अहिलेको अवस्थामा नीतिसंगै केहि अन्य अश्वभाविक कारणहरु प्रतिपनि वजारको उछालमा संगत गरेको पाईन्छ ।

त्यसैगरी एक वा सो भन्दा वढि खालका यस्ता कारकहरु क्रमश वजारमा एकपछि अर्कोले सर्पोट गर्ने हो भने त्यो अत्यन्त सकारात्मक छ । तर यस्तो अवस्था भने नेप्सेको सन्दर्भमा अलिक कम देखिन्छ । जस्तो नीति कार्यान्वयनको अवस्थामा राजनैतिक स्थितरताले टेवा दिनु, अर्थतन्त्रका अन्य आयामहरु सकारात्मक हुनु, व्याजदर र तरलताको स्थिति खुकुलो हुनु आदि कारकहरु क्रमश वजारलाई टेवादिने हैसियतका हुन्छन् ।

नेप्सेको उछालका केहि अश्वभाविक कारण के के हुन् त ?

मौद्रिक नीति सार्वजनिक भए पछि शेयर वजारमा सवै किसिमका स्क्रिप्टमा वढोत्तरी भयो । वैंक तथा वित्तिय संस्थाको ईमोसन थोरै अनुपातमा वढ्ने परिस्थिति थियो । तर त्यो ईमोसनको अनुपात अश्वभाविक देखियो । त्यसैगरी एउटै संस्थाको शेयरमा पनि डवल सर्किट समेत देखियो । त्यो हुनुमा वजारमा चलखेलको शंका लाग्दछ ।

मौद्रिक नीतिले अंगिकार गरेका विषयहरु कुन हदसम्म सहि र अनावश्यक छन् ?

विषेश गरी मौद्रिक नीतिले अंगिकार गरेको र धेरैको चासोको विषय भनेको वैंक तथा वित्तिय संस्थाको चुक्ता पूँजी वृद्धिको विषय हो । यसले अन्य विषयहरु छाँयामा पारेको छ । चुक्ता पूँजी वृद्धिको निर्णय सवैभन्दा परिस्कृत निर्णय हो तर त्यो विश्वव्यापि प्रचलनको विपरित र अवैज्ञानिक छ । नेपालको सन्दर्भमा वैंक तथा वित्तिय संस्थाको वर्गिकरण गर्ने र त्यो अनुसार पूजीको मापदण्ड वनाउने काम भयो । तर यो मौद्रिक नीतिले नै वर्गिकरण प्रथा खारेज गरी पूँजीको आधारमा वैंकको कार्य विभाजन निर्धारण गर्ने कार्य गरेको भए राम्रो हुने थियो ।

विश्वव्यापि प्रचलन र बासेल ३ को समेत मान्यतालाई पछ्याउने हो भने चुक्ता पूँजी कुल सम्पत्तीको भारीत मुल्यमा आधारीत हुने प्रचलन छ । बासेल ३ अनुसार कुल सम्पत्तिको ४.५ प्रतिसत शेयर पूँजि र ६ प्रतिशत प्राथमिक पूँजी कायम गर्नुपर्ने प्रावधान अगाडि सारेको छ । यो व्यवस्था अन्तर्गत २ अर्व चुक्ता पूँजि सहित ६६ करोड जगेडा कोष भएका वित्तिय संस्थाको कारोवार कुल सम्पत्तिको योग ४४.४४ अर्वमा सिमित हुनुपर्ने देखिन्छ ।

व्यवस्था बासेल २ मा क्रमश २ र ४ प्रतिसतको प्रावधानमा सिमित छ । बासेल ३ कार्यान्वयन गर्नु नै छ, तसर्थ यस विषयमा चाहिँ कडाई गरेको भए पूँजी आफैमा वढाउनुपर्ने वाध्यात्मक परिस्थितिमा वैंकहरु पुग्दथे । अर्थात बासेल ३ को प्रावधानले पनि १ खर्व वरावरको कुल सम्पत्ति हुने वैंकले करीव ११ अर्वको चुक्ता  पूँजी र जगेडा कोषको कुल रकम देखाउनुपर्ने वाध्यता छ ।

के सेयर वजारले नयाँउचाई लिन सम्भव देखिन्छ ?

नयाँ उचाई लिन सक्छ तर नेप्सेले एकपटक समान्य वियरीस करेक्सन लिनु पर्छ । सक्रिय लगानीकर्ताले नाफा वुक गरी सकेपछि पुनः वुलिस प्रवृतीमा फर्केर मात्र नयाँ उचाई लिने अवस्था देखिन्छ । नाफा वुक गर्ने समयलाई वियरीस करेक्सनको रुपमा देखिन सक्छ । नाफा वुक गरेपछि फेरी त्यो पैसा शेयरवजारमा नै भित्रिने अवस्था छ ।

वुक नाफाको रकम सेयर वजारमा नै आउछ भन्ने के ग्यारेन्टि छ ?

अवको समयमा अर्थव्यवस्था झन् वढि चलायमान हुने परिस्थिति निमार्ण भैरहेकोछ । स्वभाविक रुपले वजारको आवश्यकता अनुसारको प्रविधि, नीति, उपकरण र राजनैतिक स्थिरताको परिपुर्ति अहिले भैरहेको देखिन्छ ।

त्यसैगरी आजपनि नेपालमा लगानीको ठुलो पूँजी स्थिर छ । यस्तो स्थिर पूँजी सधै स्थिर रहदैन र त्यसले एउटा वाटो अवश्य लिने गर्दछ । तर लगानीका अन्य क्षेत्रहरु स्पष्ट नाफा दिने हैसियतमा सतहमा नआउन्जेल लगानीको अर्को विकल्प देखिदैन । तसर्थ आर्थिक चलायमानको गतिसंगै शेयरवजारले फेरी अर्को उचाई लिने निश्चित छ । अर्थात जबसम्म शेयर वजारमा गरेको लगानी त्यहाँवाट पलायन हुन खोज्दैन तव सम्म सेयर वजारको प्रवृतीमा शंका गर्नुपर्ने ठाउँ हुदैन ।

- लेखक नारेक नेपालका खोजकर्ता हुन् । 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।