गण्डकी विकास बैंकले गर्यो कमाल, निष्किृय कर्जामा दरिलो सुधार, नाफा पनि बढ्यो

Aug 10, 2015 Mero Lagani

गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७१ ७२ मा अघिल्लो वर्षको तुलनामा झण्डै ३८ प्रतिशत बढी नाफा कमाएको छ । GDBL बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अनुसार खुद नाफा १० करोड ८८ लाख ९८ हजार रुपैंया छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ७ करोड ९१ लख ६ हजार रुपैंया रहेकोमा गत वर्ष २ करोड ९७ लाख ९२ हजार रुपैंयाले नाफा बढाएको हो ।

उक्त अवधिमा बैंकले निष्कृय कर्जा अनुपातमा भने उल्लेख्य सुधार गरेको छ । गत वर्ष १६ प्रतिशतमा रहेको निष्कृय कर्जा अनुपात गत वर्ष बैंकले शुन्य दशमलव १३ प्रतिशतमा झiरेको छ । जसका कारण बैंकको सुधार अघिल्ला वर्षको तुलनामा बढी देखिएको हो ।
३५ करोड २० लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको पूँजीकोष अनुपात ११ दशमलव ८४ प्रतिशत रहेको छ । उक्त अवधिमा बैंकले ४ अर्व ५१ करोड ३८ लाख २ हजार रुपैंया निक्षेप संकलन तथा ३ अर्व ८४ करोड १४ लाख ६२ हजार रुपैंया कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।