एक अर्ब बढि नाफा कमाउने बैंकको सूचीमा एसबिआई पनि थपियो

Aug 12, 2015 Mero Lagani



गत आर्थिक वर्षमा नेपाल एसबिआई (NSBI) बैंकले एक अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो संगै एसबिआइए बैंक पनि एक अर्ब बढि नाफा कमाउने बैंकहरुको सूचीमा समावेश भएको छ । अघिल्लो वर्ष बैंकले ९२ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले एकबर्षको अवधिमा आफ्नो खुद नाफा १५ प्रतिशतले बढाएको हो ।

अघिल्लो आर्थिक बर्षका तुलनामा गत आर्थिक बर्षमा बैंकको नाफा १४ करोड रुपैयाँले बढेको हो । बैंकले सबैभन्दा बढि ब्याज आम्दानीबाट कमाएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्षमा दुई अर्ब ४ करोड रुपैयाँ ब्याज आम्दनी गरेको छ । जून अधिल्लो आर्थिक बर्षको भन्दा ३० करोड रुपैयाँले बढि हो ।

अर्कातर्फ बैंकले डुबेको ऋणबाट ५ करोड रुपैयाँ राइट ब्याक गरेको छ ।यसले पनि बैंकको नाफा आर्जनमा सहयोग पुगेको देखिन्छ । त्यस्तै बैंकको संचित नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ भने सञ्चालन नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ ।  बैंकले गतआर्थिक बर्षमा निष्क्रिय कर्जाको अनुपात घटाएर ०.१९ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात ०.२६ प्रतिशत रहेको थियो ।

बैंकले गत आर्थिक बर्षसम्ममा ५१ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकले आगामी २ बर्षमा थप ५ अर्ब चुक्तापूँजी बढाउने पर्नेछ । राष्ट्र बैंकको मापदण्ड पुरा गर्न बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेर पूँजी बृद्धि गर्न सक्छ । नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी सञ्चय कोषको प्रवर्द्धनमा स्थापित यो बैंकलाई राष्ट्र बैंकले निर्धारण गरेको समयवधिभित्र चुक्तापूँजी पुर्याउन त्यत्ती धेरै मेहेनत गर्नुपर्ने देखिदैन ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको यस बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ८० पैसा छ र पीई रेसियो २५.४६ रहेको छ । बैंकको ४५ दिनको शेयर कारोबारमा प्रतिशेयर मुल्य ९४६ रुपैयाँदेखि न्यूनतम ७४० रुपैयाँसम्म कारोबार भएको थियो ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।