नबिल र लक्ष्मी बैंक किन गए ओरालोतिर ? खुद नाफामा उल्लेखनीय गिरावट

Aug 13, 2015 Merolagani

निजी क्षेत्रको चर्चित बैंक नबिल(NABIL)ले गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रगति बिबरण पस्कदा खुद नाफा धेरै बृद्धि गरेर गत बर्ष आकर्षक बोनस शेयर हात पारेका लगानीकर्ताहरुलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको थियो तर ठ्याक्कै उल्टो भएको छ । बैंकले खुद नाफा र प्रति शेयरमा बढोत्तरी नभई उल्टो दिशा पक्रिएपछि लगानीकर्ता निराश हुने नै भए । त्यस्तै स्थिति लक्ष्मी बैंक(LBL)मा पनि देखिएको छ ।

नबिल बैंकले अघिल्लो आर्थिक बर्षमा दुई अर्ब ३१ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्षमा खुद नाफा २२ करोडले घटेर दुई अर्ब नौ करोडमा सिमित भएको छ । तीन अर्ब ६५ करोड चुक्ता पूँजी र ६ अर्ब ११ करोड जगेडा कोष रहेको बैंकको प्रति शेयर आम्दानी पनि घटेर ८३ रुपैयाँबाट ५७ रुपैयाँमा झरेको छ ।


ब्याज आम्दानी अघिल्लो बर्ष तीन अर्ब ६९ करोड रहेकोमा गत बर्ष १७ करोडले घटेर तीन अर्ब ५२ करोडमा सिमित भएको छ । संचालन नाफा अघिल्लो बर्ष तीन अर्ब ५४ करोड रहेकोमा गत बर्ष झण्डै ३० करोडले घटेर तीन अर्ब २४ करोडमा सिमित भएको छ । कर्मचारी र संचालन खर्च झण्डै १० । १० करोडले बढेको छ । 


 यस्तो अबस्थामा अरु आम्दानी बढ्न नसक्दा नबिलले खुद नाफामा बढोत्तरी गर्न नसकेको हो । बैंकको निस्क्रिय कर्जा अनुपात भने घटेको छ । बैंकले १६ करोड कर्जा जोखिम कोषमा प्रोभिजन गरेको छ भने न्युन रकम मात्र राईट ब्याक गर्न सकेको छ ।  बैंकको पीई रेसियो ३३ रहनुले पनि बैंकको अबस्था चित्रण गरेको छ । निक्षेप एक खर्ब तीन अर्ब रहेको बैंकले ७५ अर्ब मात्र कर्जा परिचालन गरेको छ ।


आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत बर्षको खुद नाफा र आगामी दुई बर्षमा कमाउने रकमबाट बोनस शेयर दिएर  संभव हुने देखिए पनि प्रति शेयर आम्दानीमा सन्तुलन कायम गर्नु नबिलका लागि फलामको च्युरा चपाउनु सरह देखिएको छ । खुद नाफामा यसै गरी क्षयीकरण हुँदै गयो भने नबिलले आफ्नो साख जोगाउन पनि हम्मेहम्मे पर्ने अबस्था आउँनसक्छ ।


बिश्व जगतमा अर्बपछिको रुपमा दरिएका बिनोद चौधरीको ५५ प्रतिशत हिस्सेदारी भएको नबिलले गत बर्ष नै चौधरीको स्वामित्व अरु ब्यक्ति वा बिदेशी साझेदारलाई बेच्नुपर्नेमा त्यसो नगरेकोले राष्ट्र बैंक असन्तुष्ट बनिरहेको छ । 


त्यस्तै लक्ष्मी बैंकको  खुद नाफा पनि ४८ करोडबाट पाँच करोड घटेर ४३ करोडमा झरेको छ ।  चुक्ता पूँजी दुई अर्ब ३३ करोड रहेको बैंकको प्रति शेयर आम्दानी १६.६१ रुपैयाँमा सिमित भएको छ भने जगेडा कोषमा एक अर्ब ७४ करोड रहेको छ । बैंकको निक्षेप ४० अर्ब र कर्जा ३१ अर्बको हाराहारीमा परिचालन भएको छ ।

लक्ष्मी बैंकको निस्क्रिय कर्जा अनुपात बढ्न गई कर्जा जोखिम कोषमा प्रोभिजन गत बर्ष भन्दा १७ क्ररोडले बढाएर २४ करोड नाघेको छ  तर एक करोड ५७ करोड मात्र राईट ब्याक गरेको छ । 


बैंकको पीई रेसियो २२ रहेको छ । पूँजी कोष खुम्चिएर १०.९५ मा सिमित भएकाले राष्ट्रू बैंकको नियम अनुसार यसलाई ११ प्रतिशत भन्दा माथि पुर्याउँन बैंकले तत्काल आबश्यक उपाय अबलम्बन गर्नुपर्ने बाध्यता आई लागेको छ ।

बैंकका प्रोमोटर राजेन्द्र खेतानले बाणिज्य बैंकको चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णयको सबैभन्दा पहिले अग्रभागमा देखिएर स्वागत गरे पनि लक्ष्मीका लागि आठ अर्बको सिमा काट्न कुनै बाणिज्य बैंक वा धेरैवटा बिकास बैंकहरुलाई आफुमा मिसाउनुपर्ने अबस्था छ । किनभने बैंकको प्रगतिको आधारमा बोनस शेयर मात्रै दिएर आठ अर्बको चुनौति पार गर्न असंभव छ भने गत बर्ष हकप्रद शेयर जारी गरेको बैंकले फेरि अर्को हकप्रद ल्याउँदा लगानीकर्ताले एकोहोरो लगानी मात्रै थपिरहलान् भनेर पत्याउँन सकिन्न ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।