
केन्द्रिय बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापूँजी आगामी २ बर्षमा चार गुणा बढाउनु पर्ने उर्दी जारी गरेको थियो । विभिन्न माध्यबाट चुक्तापूँजी वृद्धिको योजना सार्वजनिक गरेका वाणिज्य बैंकहरुले मर्जरलाई पहिलो प्राथमिकतामा राखेका छन् । मर्जर पछि पनि पूँजी अपूग भएमा बोनश तथा हकप्रद शेयर जारी गर्ने योजनामा धेरै बैंकहरु देखिएका छन ।
एनएमबी बैंक
एनएमबी बैंक क्लीन इनर्जी, भृकुटी विकास बैंक, पाथिभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्ससँग मर्जर प्रक्रियामा रहेको छ । क्लीन इनर्जीको वैदेशिक संस्थापकले मर्जरपछि पुग्ने पूँजीको २० प्रतिशत लगानी थप्ने भएको छ । यसपछि नपुग चुक्तापूँजी पु¥याउन बैंकले बोनस तथा हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ ।
नेपाल बङ्गलादेश बैंक
एनबी बैंकले चुक्तापूँजी बढाउन मर्जर नै रोज्ने भएको छ । बैंकको एनसीसी बैंकबीच मर्जरको चर्चा छ । यी कम्पनीको मर्जरपछि चुक्तापूँजी लगभग ४ अर्ब रुपैयाँ मात्र पुग्नेछ । त्यसपछि अपूग रकम बंगलादेशी साझेदार बाट थप लगानी गर्ने योजनामा रहेको छ ।
मेगा बैंक
मेगा बैंकले एक बाणिज्य बैंक र केही विकास बैंकहरु गाभेर पुँजी आठ अर्ब र्पुयाउने योजना अगाडि सारेको छ । प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मर्जर, हकप्रद तथा बोनस शेयर वितरण सबै प्रक्रियाबाट शेयर वृद्धि गर्ने सम्भावना रहेको बताएका छन् । मर्ज भएर आएका सबै बैंकको तीन बर्षको नाफाबाट वोनस सेयर दिँदा पुँजी आठ अर्ब रुपैयाँ र्पुयाउने योजनामा मेगा लागेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैकले पनि सकभर आफु सुहाउदो कुनै वाणिज्य बैंकसग मर्जरमा जाने र बोनस शेयरको माध्यमबाट चुक्तापूँजी वृद्धि गर्ने सोचमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।
प्रभु बैंक
ग्राण्ड लाई खरिद प्रक्रियामा रहेको छ । यो प्रक्रिया सम्पन्न भएपछि बैंकको चुक्तापूँजी लगभग ५ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि नपुग रकम बैंकले बोनस र हकप्रद वा थप साना कम्पनी मर्जर गरेर र्पुयाउने योजना बनाएको छ ।
ग्लोबल आईएमई
ग्लोबल आईएमई बैंकले बोनस तथा हकप्रद शेयर जारी गरेरै चुक्तापूँजी बढाउने बताएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक
इन्भेष्टमेन्ट बैंकले थप शेयर निष्कासन (फर्दर पब्लिक अफरिङर (एफपीओ) मार्पmत चुक्तापूँजी वृद्धि गर्ने योजना बनाएको छ । इन्भेष्टमेण्ट बैङ्कले नेपाल स्टक एक्सचेञ्जमा एफपीओ जारी गर्न लागेकाले हालको संस्थापक शेयर संरचना परिवर्तन नगर्ने जानकारी गराइसकेको छ ।
नेपाल एसबीआई बैंक
एसबिआईले पनि थप शेयर निष्कासन फर्दर पब्लिक अफरिङर एफपीओ)मार्पmत चुक्तापूँजी वृद्धि गर्ने योजना बनाएको छ । बैंकको २१ औं साधारणसभाले साधारण शेयरधनीको स्वामित्व ३० प्रतिशत र्पुयाउन आवश्यक पर्ने एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सोही साधारणसभाले ‘विदेशीररणनीतिक साझेदार संस्थापकबाट थप पूँजी लगानी (इन्फ्युजन)’ गराउने निर्णयसमेत गरिसकेको छ ।
सानिमा बैंक
सानिमा बैंक मर्जरमा नगई चुक्तापूँजी वृद्धि गर्ने योजनामा लागेको छ । उसले आफ्नै स्रोतबाट चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब रुपैयाँ र्पुयाउने जनाएको छ । तीन आर्थिक वर्षको बोनस सेयरबाट २ अर्ब र हकप्रद (राइट) सेयरबाट ४ अर्ब गरी आगामी दुई वर्षमा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी र्पुयाउने योजना राष्ट्र बैंकमा पेस गर्ने तयारी सानिमाको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले पनि बोनश तथा हकप्रद शेयर निष्कासनबाटै चुक्तापूँजी वृद्धि गर्ने योजना बनाइरहेको छ । उसले मेलम्ची आयोजनाको ग्यारेण्टीको सम्बन्धमा यसअघि सञ्चितिमा रहेको २५ करोड रुपैयाँ र ऋणपत्रबाट उठेको रकमलाई पनि बोनस शेयर दिन प्रयोग गर्ने योजना बनाउदैछ ।
जनता बैंक
एउटा वाणिज्य बैंकसँग मर्ज हुने र केही विकास बैंक तथा फाइनान्स कम्पनीलाई पनि मर्ज गरेर पुँजी आठ अर्ब र्पुयाउने योजनामा लागेको छ । ‘मर्जरबाटै साढे पाँच देखि ६ अर्ब रुपैयाँ चुक्ता पुँजी र्पुयाउने र बाकी बोनस सेयर र हकप्रद सेयर जारी गर्ने योजना जनताले अघि सार्दै छ ।
चार्टर्ड बैंक
यो बैंक पनि राष्ट्र बैंकले दिएको समयमा आफ्नो पुँजी बृद्धि योजना बनाउनमा जुटेको छ । उसले वोनस सेयरबाटै अधिकांस पुँजी बृद्धि गर्ने सम्भावना देखिन्छ । बैंकले अपुग पुँजी हकप्रद सेयरबाटै पुर्याउन कसरत गर्ने छ तर यो बैंक सकभर मर्जमा नजाने योजनामा रहेको छ ।
सञ्चालनमा रहेका कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको हाल चुक्तापूँजी ८ अर्बभन्दा माथि रहेको छ ।एनसीसी ,प्राइम कमर्शियल बैंक,सिभील, सिटीजन, जनता बैंक ,सनराईज , सेञ्चुरी लगायतका बैकहरु पनि मर्जरमा जाने सम्भावना रहेको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो ।अझ गएको साता केन्द्रिय बैंकले आगामी भदौ मसान्तसम्ममा पुँजी वृद्धिको योजना पेस गर्न बैंकहरुलाई परिपत्र जारी गरेको थियो । यसपछि बैंक तथा वित्तीय संस्थाहरु पुँजी वृद्धिको योजना बनाउन जुटेका छन ।
...................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।