३ अर्व रुपैंयाको साधारण शेयर दशैं अगाडी निष्काशन गर्छौं : कृष्णप्रसाद शर्मा, सीइओ, राष्ट्रिय वाणिज्य बैंक

Aug 14, 2015 Mero Lagani



- परमेश्वर अधिकारी ।

तपाईसंग कति पैसा छ? जोगाउनुस्, लगानीको मौका आउँदैछ । तयार हुनुस् साढे चार अर्व कमाउने राष्ट्रिय वाणिज्य बैंकको ३ अर्व रुपैंयाको साधारण शेयरमा लगानी गर्न – शर्मा 

राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्व ५० करोड १५ लाख ९२ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । आधा दशक पहिलेसम्म सरकारी बैंकहरुको छवी बिग्रिदै गए पछि सुधारको क्रममा अघि बढेको बैंकले आफ्नो स्वामित्वको इनभेष्टमेण्ट बैंकको शेयर बेचेर यति धेरै नाफा कमाएको हो ।

RBBअघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड ६६ लाख ९५ हजार रुपैंया खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्व ६६ करोड ४८ लाख ९७ हजार रुपैंया बढी नाफा कमाएको हो । शेयर बिक्रिबाट मात्र बैंकले २ अर्व रुपैंया नाफा कमाएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले भने ‘हाम्रो नाफामा धेरै नै सुधार आएको हो । इन्भेष्टमेण्ट बैंकको शेयरबाट आएको नाफा हटाएर मात्र पनि बैंकले साढे २ अर्व रुपैंया खुद नाफा कमाएको हो ।’ प्रतिशतका आधारमा हेर्दा वाणिज्य बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ४५ प्रतिशत भन्दा बढी हो ।

नाफामा आएको तिब्र सुधारका बिच बैंकको पूँजीकोष अनुपात पनि अघिल्लो वर्षको ४ दशमलव ६२ प्रतिशतबाट बढेर १० दशमलव ३४ प्रतिशत पुगेको छ । १ खर्व २४ अर्व २२ करोड १६ लाख ६३ हजार रुपैंया निक्षप संकलन तथा ७५ अर्व ८३ करोड ६४ लाख ९८ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकको निष्कृय कर्जा पनि ६ दशमलव ३८ प्रतिशतबाट घटेर ३ दशमलव ३८ प्रतिशतमा झरेको छ ।

६ अर्ब ५२ करोड २ लाख ३९ हजार रुपैंया खुद ब्याज आम्दानी गरेको बैंकको आधार दर ६ दशमलव ७ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ६१ प्रतिशत रहेको छ । बैंकको हालको चुक्ता पूँजी ८ अर्व ५८ करोड ८९ लाख ७२ हजार रुपैंया रहेको छ ।

कहिले आउँछ त साधारण शेयर ?

Krishna Prasad Sharma, CEO, RBBबैंकको साधारण शेयर निष्काशनको प्रकृया अर्थन्त्रालयमा पुगेर रोकिएको छ । प्रकृयाका सम्बन्धमा अर्थले टुंगो लगाउने बित्तिकै साढे २ अर्वदेखि ३ अर्व रुपैंयाको साधारण शेयर निष्काशन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए ।

‘बैंकको ३० प्रतिशत शेयर निस्कासन गर्न मन्त्रीपरीषदले स्वीकृति दिइसकेको छ । हामी अरु प्रकृया सुरु गर्न एकदमै तयारी अवस्थामा छौं’ उनले भने । ‘अहिलेको ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजीलाई ७० प्रतिशत मानेर अतिरिक्त ३० प्रतिशत साधारण शेयर निष्काशन गर्ने वा अन्य विकल्पमा जाने भन्ने निर्णय अर्थले दिनासाथ हामी दशैं अगाडी नै साधारण शेयर निष्काशन गर्छौं’ उनले थपे ।

उनको यो भनाईले दशैं अगावै लगानीकर्ताले राष्ट्रिय वाणिज्य बैंकमा लगानीको अवसर पाउने छन् ।

 

.......................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।