नेप्सेमा मिड रेञ्जमा रहेका कमर्शियल बैंक अब कुन बाटोमा ? एक प्राविधिक विष्लेषण

Aug 14, 2015 Mero Lagani



नेप्सेमा उछाल आउनुको कारण बैकिंग समुहमा देखिएको अकल्पनीय चाप नै हो । यहि सन्दर्भमा प्राविधिक विष्लेशक जीवन श्रेष्ठले बैंकिंग समुहको ब्लुचीप कम्पनीको रुपमा आएको उछालसंगै मिडरेञ्जको बैंकिंग समुहमा आउने परिवर्तनको प्राविधिक विष्लेशणमा आधारित सामग्री तयार पार्नु भएको छ ।

Jeevan Shresthaनेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई ४ गुणा पूँजी वृद्धी गर्न निर्देशन दिएसंगै नेप्सेमा विशेष गरि बैंकिंग सव इण्डेक्समा तिब्र उछाल देखिएसंगै यो साता नेप्सेले एउटा रेकर्ड कायम गरेको छ । गत वर्ष साउन ५ गते नेप्से १०८३ मा पुगेकोमा यस पटक गत बिहीबार नेप्से १०८८ अंक भन्दा माथिसम्म उक्लिएर गत वर्षको रेकर्ड तोडेको हो । बिहीबारको नेप्से इण्डेक्स २०६५ भदौ १५ गते ११७५ अंक पुगे यता सात वर्षकै उच्च विन्दु हो । यो रेकर्ड बनाउन बैंकिंग सव इण्डेक्सको भुमिका महत्वपुर्ण रह्यो भने अब यो सव इण्डेक्समा के हाला  भनेर  यो विष्लेशण गरिएको छ ।

प्राविधिक विष्लेशणको विभिन्न उपकरणहरु मध्ये बोलिंगर व्याण्डमा आधारित २० दिनको सिम्पल मुभिङ्ग एभरेज भन्दा माथि माथि माथि तिर गएको देखिन्छ । तलको चित्रमा नेप्से इण्डेक्स बुलिस ट्रेण्डतिर गइरहेको जनाउँछ । जस अनुसार यो साता नेप्सेमा बैंकिंग सव इण्डेक्स १०५० अंकसम्म चढ्ने देखिन्छ ।

1

माथि चित्रमा देखिएको बोलिंगर व्याण्डसंगै देखिएको अर्को उपकरणको माध्यमबाट चित्र विष्लेशण गरिएको छ । जुन फिव्वोनाचीको डिग्री अफ इण्डिकेटर उपकरणमा आधारित छ । जसमा बोलिंगर व्याण्डको २० दिनको सिम्पल मुभिंग एभरेज भन्दा बैंकिंग सव इण्डेक्स पनि माथि गइरहेको छ । यसलाई चित्रमा रातो धर्साले जनाउँछ ।

त्यसै गरि गत साताको बैंकिंग सव इण्डेक्सलाई हेर्दा तलको चित्रमा कालो धर्काले नेप्से सव इण्डेक्सलाई जनाए अनुरुप नेप्से ९ सय ४८ विन्दुमा थियो । गत साता बुलिस ट्रेण्डमा रहेको बैंकीङ्ग सव इण्डेक्स निरन्तरको उछालले १ हजार २१ विन्दुसम्म चढ्यो । जसलाई तलको चित्रले प्रष्ट रुपमा व्याख्या गर्दछ ।

Bank Index

माथिको चित्रमा देखिएको बोलिंगर व्याण्डसंगै देखिएको अर्को उपकरणको माध्यमबाट चित्र विष्लेशण गरिएको छ । जुन फिव्वोनाचीको डिग्री अफ इण्डिकेटर उपकरण हो ।

त्यसै गरि गत साताको ट्रेण्डमा आधारित भएर अघि बढरिहेको बैंकिंग सव इण्डेक्सको ब्लूचीप मानिएका एभरेष्ट बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका मिडरेञ्ज कमर्शियल बैंकले बुलिस ट्रेण्डलाई पछ्याएका थिए । तर अब यो मुभमेण्टलाई छाडेर यो साता बैंकिंग सव इण्डेक्समा मिडरेञ्ज कमर्शियल बैंकमा मुभमेण्ट आउने देखिन्छ । जसलाई तलको चित्रले व्याख्या गर्छ । (चित्र विष्लेशण गर्दा कालो धर्काले बैंकको शेयर मुल्यलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जुन बोलिंगर व्याण्डमा आधारित छ ।) 

3

चित्रमा देखिएको बोलिंगर व्याण्डसंगै देखिएको अर्को उपकरणको माध्यमबाट माथिको चित्र विष्लेशण गरिएको छ । जुन फिव्वोनाचीको डिग्री अफ इण्डिकेटर उपकरण हो ।

त्यसै गरि तलको चित्रमा देखिएका ३ वटा मिडरेञ्ज कमर्शियल बैंकको शेयर मुल्यको ट्रेण्डलाई चित्रण गरिएको छ । जस अनुसार माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंक लगायतका मिडरेञ्ज बैंकहरुको शेयर मुल्य बढेमा मात्र यो साता बैंकिंग सव इण्डेक्स १ हजार ५० अंक भन्दा माथि चढ्ने देखिन्छ । (तलको चित्र विष्लेशण गर्दा कालो धर्काले बैंकको शेयर मुल्यलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जुन बोलिंगर व्याण्डमा आधारित छ ।)

4

माथिको चित्रमा देखिएको बोलिंगर व्याण्डसंगै देखिएको अर्को उपकरणको माध्यमबाट चित्र विष्लेशण गरिएको छ । जुन फिव्वोनाचीको डिग्री अफ इण्डिकेटर उपकरण हो । 

-जीवन श्रेष्ठ विगत ५ वर्षदेखि नेपाली शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनु भएको छ । प्राविधिक विश्लेषण सम्बन्धमा श्रेष्ठले विभिन्न इन्स्टिच्यूटहरुमा अध्यापन समेत गराउँदै आउनु भएको छ ।

 

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।