के स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्ट्यान्डर्ड घटेकै हो त ?

Aug 15, 2015 merolagani



स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक बर्षमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब ३३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो बर्षको तुलनामा बैंकको नाफा चार करोड १७ लाखले घटेको  छ ।  बैंकको नाफामा कमी आएसगै प्रति शेयर आम्दानी ६५.४७ बाट घटेर ५७.५९ रुपैयाँमा झरेको छ । एक बर्षको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसाले घटेको छ ।

बैंकको निक्षेप २८ अर्ब रुपैयाँ बाट बढाएर ४१ अर्ब रुपैयाँ पुगेको छ । एकबर्षको अवधिमा बैंकको निक्षेप मात्र १३ अर्बले बढेको छ । त्यस्तै कर्जा २६ अर्ब बाट २८ अर्ब पुर्याएको छ । यसअवधिमा बैंकले विदेशी मुद्रा विनिमयबाट मात्र ६१ करोड रुपैयाँ नाफा कमाएको छ जून अघिल्लो आर्थिक बर्षको भन्दा १४ करोड रुपैयाँ बढि हो । 

निक्षेप संकलनको अनुपातमा कर्जा प्रवाह गर्न नसक्दा  बैंकको ब्याज आम्दानी घटेको छ भने ब्याज खर्च समेत बढेको छ । रिटेल बैकिंगलाई प्राथमिकता नदिदा बैंकको समग्र नाफामा असर परेको देखिन्छ । अकातर्फ बैंकको जगेडाकोष २ अर्ब ८४ करोड रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

निस्क्रिय कर्जालाई ०.४८ बाट ०.२८ मा झारेको बैंकको यसै अवधिमा स्टाफ खर्च, संचालन खर्च बढेपछि संचालन नाफा घटेको छ । पूँजी कोष भने १३.८६ प्रतिशत छ जुन सकरात्मक हो । बैंकको मूल्य आम्दानी अनुपात ३३.७४ र प्रति शेयर नेटवर्थ २८४.०२ र प्रति शेयर सम्पतिको मूल्य १९४३ रुपैयाँ छ ।

गत बर्षको वीतिय विवरण झट्ट हेर्दा बैंक घाटामा गएको देखिए पनि समग्र सूचचांक हेर्दा बैंकले आफ्ना लगानीकर्तालाई आर्कषक बोनश दिने अवस्था देखिन्छ । २ अर्ब २४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकले आठ अर्ब चूक्ता पूँजी पुर्याउँन मनग्ये बोनस शेयर दिएरै जान सक्छ ।

अघिल्लो पटक नै वाणिज्य बैंकहरुको चुक्तापूँजी पाँच अर्ब रुपैयाँ पुर्याउने चर्चा चलिरहँदा पुँजी बृद्धि गरे देश छाडेर जाने धम्की दिएको खबरहरु सार्वजनिक भएका थिए । अघिल्लोपटक हल्ला मात्र चल्दा नेपाल छाड्ने कुरा गरेको बैंकले अब साच्चिकै नेपाल छाड्ला वा पूँजी पुर्याउला भन्ने वीतिय क्षेत्रमा चासो बढेको छ ।

पुँजी बृद्धिको नीति आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले दुई पटक गभर्नर डा. चिरञ्जिबी नेपालसहित केन्द्रीय बैंकका उच्च अधिकारीहरुलाई भेटिसकेका छन । बैकरहरुको टोलिसगै अघिल्लो हप्ता केन्द्रिय बैंक पुगेका सिल्भानुसले चुक्तापुँजी वृद्धि गर्दा जगेडा कोषलाई समेत समावेश गर्न आग्रह गरेका थिए । बैंकका सिइओलो पुँजीवृद्धिको योजना बारे चासो र सक्रियता देख्दा बैंक पूँजी बढाउनमै सक्रिय भएको देखिन्छ ।

जगेडाकोषमा मात्र ४ अर्ब रुपैयाँ भन्दा बढि रकम रहेको यो बैंकले बोनश शेयरबाट पनि उल्लेखिय पुँजी बढाउने देखिन्छ । साथै विदेशी लगानीमा संचालीत यो कम्पनीलाई पनि पूँजी बढाउन ठूलो सकस झेल्नुपर्ने देखिदैन । यसकारण पूँजीवृद्धिको नीतिबाटै नेपाल छाडेर चार्टड बैंक जाने सम्भावना न्यून देखिन्छ ।

 

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।