निजी क्षेत्रबाट सञ्चालित शिखर इन्स्योरेन्स पछिल्लो समयमा बीमा दाबी भुक्तानी गर्ने बीमा कम्पनीमा पनि अग्रणी स्थानमा रहँदै आएको छ । जसका कारण लोकप्रिय बन्दै गएको कम्पनीको गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी ६९ रुपैंया कायम भएको छ । ३५ करोड ७६ लाख ९१ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ६५ लाख ८ हजार रुपैंया छ ।
३२ करोड ४ लाख ९० हजार रुपैंयाको बीमा कोष, १ करोड २५ लाख ४२ हजार रुपैंयाको महाविपत्ती कोष रहेको SICL इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्व ३६ करोड ३९ लाख ८५ हजार रुपैंया बीमा शुल्क संकलन गरेको छ । प्रतिशेयर नेटवर्थ २ सय ३० रुपैंया रहेको कम्पनीको पीइ अनुपात १० प्रतिशत रहेको छ ।
बैशाख १२ गते गएको महाभूकम्प पछि भएको क्षतीको कारण देखाउँदै परेका दाबी मध्ये सवैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले नै गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ६९ करोड ३२ लाख ३८ हजार रुपैंया बराबरका २ हजार ९ सय ९५ वटा बीमा दाबी भुक्तानी गरेको छ । उक्त अवधिमा SICL शिखरले १ अर्व ६० करोड ९८ लाख ३१ हजार रुपैंया बराबरका २ हजार ४ सय ९० वटा बीमा दाबी भुक्तान गर्न बाँकी छ ।
अघिल्लो आर्थिक वर्षमा मात्र खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरेको शिखर इन्स्योरेन्सले यस पटक अझै बढी बोनश शेयर बितरण गर्ने हैसियत बनाएको छ । बीमा व्यवशायमा पाएको सफलताले नै लगानीकर्ताको आकर्षण पनि पछिल्लो समयमा शिखर इन्स्योरेन्सतर्फ बढ्दै गएको छ ।
गत आर्थिक वर्षमा शिखरको प्रतिकित्ता शेयर न्युनतम ४ सय ९० रुपैंयादेखि ८ सय ६५ रुपैंयामा किनबेच भएका छन् । उक्त अवधिमा जम्मा ६९ दिनमा ६८ हजार ६ सय ९८ कित्ता शेयर ४ सय ८ वटा कारोबारमा किनबेच भएका थिए । शिखरको शेयर मुल्यमा देखिएको वृद्धि, आम्दानी, नाफामा आएको वृद्धि र बीमकलाई तिर्ने महशुलमा देखिएको सकरात्मक सुचकांकले आगामी दिनमा कम्पनीलाई अझै उचाइमा पुर्याउने देखिन्छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।