नेपाल बैैंकको नाफा १९ करोडले घट्यो, प्रतिशेयर आम्दानी ८ रुपैंयामा सिमित !

Aug 15, 2015 Mero Lagani



सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० करोड रुपैंयाले घटेको छ । कर्मचारी खर्च अघिल्लो वर्षको तुलनामा थोरै मात्र घटाएको बैंकको व्याज आम्दानी, सञ्चालन मुनाफा लगायतमा खासै सुधार नआएका कारण नाफा ७१ करोड ६५ लाख रुपैंयाबाट ५२ करोड ६१ लाख रुपैंयामा झरेको हो ।

६ अर्व ४६ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी पनि ८ रुपैंया १४ पैसामा सिमित भएको छ । पूँजीकोष अनुपात अघिल्लो वर्षको तुलनामा बढेर ७ दशमलव ८ प्रतिशतमा पुगे पनि त्यो सन्तोषजनक छैन ।

NBL

 

अघिल्लो आर्थिक वर्षमा ६९ अर्व ३३ करोड रुपैंया निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ७८ अर्व ७२ लाख रुपैंया निक्षेप संकलन गरेको छ । त्यसै गरि बैंकले अघिल्लो आर्थिक वर्षमा ४१ अर्व २१ करोड रुपैंया कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षमा त्यो झण्डै १२ अर्व रुपैंयाले बढेर ५३ अर्व ३७ करोड रुपैंया पुगेको छ ।

निष्कृय कर्जा अनुपात ५ दशमलव १२ प्रतिशतबाट ३ दशमलव ९५ प्रतिशतमा झरेको बैंकले ३८ करोड २ लाख प्रोभिजन राइट व्याक गरेको छ । विदेशी मुद्रा विनीमयमा अघिल्लो वर्ष ४ करोड नाफामा रहेको बैंक यस पटक झण्डै १५ करोड रुपैंयाको घाटा व्यहोर्न बाध्य भएको छ । जसका कारण पनि बैंकको नाफा प्रभावित बनेको हो ।

मुल्य आम्दानी अनुपात ३७ दशमलव ४८ प्रतिशत रहेको बैंकको जगेडा कोष २ अर्व ५९ करोड रुपैंयाले नकरात्मक छ । अन्य सुचांकहरु तरलता अनुपात २६ दशमलव २८ प्रतिशत, प्रतिशेयर बजार मुल्य ३ सय ५ रुपैंया, पीइ रेशियो ३७ दशमलव ४८ प्रतिशत र प्रतिशेयर नेटवर्थ ५९ रुपैंया ९१ पैसा रहेका छन् ।

गत आर्थिक वर्षमा २ सय २५ रुपैंयादेखि ३ सय २४ रुपैंया प्रतिकित्ताका दरले १३ लाख ५९ हजार १ सय ६४ कित्ता शेयरहरु ४७ दिन मात्र किनबेच भएका थिए ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।