कृषि विकास बैंकको प्रतिशेयर आम्दानी घट्यो,नाफा भने बढ्यो

Aug 17, 2015 Mero Lagani



गतआर्थिक बर्षमा कृषि विकास बैंकको प्रति शेयर आम्दानी भने ४ रुपैंयाले घटेको छ । अघिल्लो आर्थिक बर्ष ४७ रुपैंयाँ ५३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षमा ४ रुपैयाँ एक पैसाले घटेर ४३ रुपैंयाँ ५२ पैसामा सिमित भएको छ । यद्यपि यसअवधिमा बैंकको नाफा भने ३५ करोड रुपैयाँ बढिले बढेको छ ।

कृषि विकास बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८७ करोड रुपैंयाँ नाफा गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक बर्षको भन्दा ३५ करोडले बढि हो । अघिल्लो आर्थिक बर्ष बैंकले एक अर्ब ५२ करोड नाफा कमाएको थियो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी मात्रै ४ अर्ब ६२ करोड बाट बढाएर ५ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक बर्षमा ७६ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेर ६६ अर्ब ६० करोड ऋण लगानी गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको निक्षेप तथा कर्जामा सुधार गरेको छ ।


त्यस्तै बैंकले राईट ब्याकबाट ६० करोड आम्दानी गरेको छ भने ९३ करोड रुपैंयाँ सम्भावित नोक्सानी वापत प्रोभिजन गरेको छ । साथै बैंकले अघिल्लो आर्थिक बर्षमा ५.४६ प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर ४.५३ प्रतिशतमा झारेको छ । बैंकको प्रति शेयर नेटवर्थ २३३ रुपैंयाँ ९९ पैसा रहेको छ । बैंकले अघिल्लो बर्ष सात प्रतिशत बोनश तथा आठ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।