हिमालयनको नाफा पनि अर्ब बढि, खराब कर्जा भने झण्डै दोब्बर वृद्धि, कति बाड्ला बोनस ?

Aug 18, 2015 Mero Lagani



हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षमा १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैकको खुद नाफा १३ करोड ६४ लाख रुपैयाँले बढेको हो । अघिल्लो वर्ष बैंकले ९५ करोड ५९ लाख रुपैयाँ कमाएको थियो । तर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ ।

अघिल्लो आर्थिक बर्षको भन्दा १८ करोड रुपैयाँले खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो । अर्कातर्फ बैंकको खुद ब्याज आम्दानी बढ्दा ब्याज खर्च भने घटेको छ । गत वर्षमा बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जाको मात्रा झन्डै दोब्बरले बढेको छ । तर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्ष कूल कर्जाको १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.२२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक बर्षको भन्दा गतबर्ष व्यत्तीगत घरकर्जा ७२ करोडले बढेको छ ।

त्यसैगरी, संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको मध्ये ८९ करोड रुपैयाँ फिर्ता गरेको (राइटव्याक) गरेको छ । अघिल्लो वर्ष ७७ करोड रुपैयाँ मात्रै राइटव्याक गरेको थियो । तर, अघिल्लो वर्षको तुलनामा बैंकको कर्माचारी खर्च २० करोडले बढेर ९१ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको असार मसान्तमा बैंकले ७३ अर्ब ५२ कारेड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो बर्षको असार मसान्त सम्ममा ६४ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । एक बर्षको अवधिमा बैंकको निक्षेप ९ अर्ब तथा कर्जा पनि ९ अर्ब रुपैयाँले नै बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २ सय १५ रुपैयाँ ४१ पैसा छ । गत वर्ष बैंकको एक कित्ता सेयर न्यूनतम ७ सय ५ रुपैयाँदेखि अधिकतम ८ सय ७७ रुपैयाासम्ममा कारोबार भएको थियो । कर्जामा लिने र निक्षेपमा दिने व्याजदरबीचको अन्तर (स्प्रेड दर) सीमाभित्रै रहेर पनि केही घटेको छ । अघिल्लो वर्ष ४.५४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४.३५ प्रतिशतमा रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३३ करोड र रिजर्भ ३ अर्ब ८४ करोड रुपैयाँ छ ।०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी ८ अर्ब र्पुयाउन बैंकले नाफाबाट अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।