शेयर बजारमा आएको उछालसंगै गुराँस लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा उतार चढाव किन ? जीवन श्रेष्ठको प्राविधिक विष्लेषण

Aug 30, 2015 Mero Lagani



गत साता नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेसंगै लगानीकर्ताका बीचमा पनि कुन समुहका कस्ता कम्पनीको शेयर मुल्य घट्ला वा बढ्ला भन्ने चासो बढेर गएको छ । गत साताको उछालमा बीमा समुहले पनि महत्वपुर्ण योगदान पुर्याएको छ । बीमा समुहको सव इण्डेक्स ५००० अंकभन्दा माथि चढ्नुले पनि यसलाई पुष्टि गर्छ । गत आर्थिक वर्षको बित्तीय विवरण सार्वजनिक भएसंगै केही कम्पनीमा आएको तिब्र सुधारले बजारलाई अझै फराकिलो अन्तरले ओरालो लग्न नदिने निश्चित छ ।

Jeevan Shresthaकेही दिन पहिले मात्र गुराँस लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गर्यो ।मारवाडी समुदायको बाहुल्यता रहेको गुराँस लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३९ दशमलव २४ प्रतिशतले आम्दानी बढाए पछि खुद नाफा १ करोड ७१ लाख रुपैंया पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै सुधार गरेको कम्पनीले गत आर्थिक वर्षबाट केही हदसम्म भए पनि बोनश शेयर बाँड्ने आंकलन गर्न सकिन्छ । तर दुई आर्थिक वर्षको साधारण सभा समेत गर्न नसकेको कम्पनीले कहिले लाभांस बाँड्ला भन्न सकिन्न ।
प्राविधिक विष्लेशणको विभिन्न उपकरणहरु मध्ये चार्ट प्याट्रनका पनि विभिन्न प्याट्रन मध्ये सिमेट्रिकल ट्रेंगल पनि एक हो । यसका आधारमा चित्र बिष्लेषण गर्दा आगामी दिनमा कम्पनीको प्रतिशेयर मुल्य ८ सय १६ रुपैंयासम्म पुग्ने देखिन्छ । बजार मुल्य घटेका खण्डमा ५ सय रुपैंया भन्दा तलको अवस्थामा ट्रेण्ड परिवर्तन हुनेछ । गत बिहीबार गुराँस लाइफको प्रतिशेयर मुल्य ६ सय ७१ रुपैंया कायम भएको छ । यसै गरि १३ साताको भोल्युमलाई हेर्दा १० हजार कित्ता भन्दा धेरै शेयर किनबेच भएको छ । यसैको आधारमा तलको चित्र तयार पारिएको हो ।

Guras Life

माथिको चित्रमा कालो मोटो धर्काले गुराँस लाइफकोे शेयर कारोबार बुलिस ट्रेण्डतिर गइरहेको जनाउँछ । जस अनुसार यो प्रवृत्ति कायम रहेमा यो साता नेप्सेमा गुराँसको प्रतिकित्ता शेयरको मुल्य ८ सय १६ रुपैंयासम्म पुग्ने देखिन्छ ।

चित्रमा एक्स् विन्दुले चार्ट प्याट्रन सुरु भएको जनाउँछ । जस अनुसार वाइ विन्दु हुँदै जेड विन्दुसम्म पुग्दा कम्पनीको शेयर मुल्य बुलिस ट्रेण्डमा गइरहेको देखाउँछ । त्यसै गरि चित्रको माथिको विन्दु १ २ ३ ले शेयर मुल्य घटिरहेको देखाउँछ । जेड विन्दु र ३ विन्दुको मिट प्वाइन्टबाट गत महिनादेखि कम्पनीको शेयर मुल्य उकालो लागेको विन्दु ३ देखि दाँया तर्फको मोटो कालो धर्साले गत साताबाट शेयरको मुल्यलाई बुलिस टे«ण्डमा मजवुती दिलाएको जनाउँछ । जसका कारण पनि आगामी सातान्तमा गुराँस लाइफको प्रतिकित्ता शेयर मुल्य ८ सय १६ रुपैंयासम्म पुग्ने आंकलन गर्न सकिन्छ ।

कम्पनीको शेयर मुल्य बढे पनि त्यसले स्थायीत्व पाउने कुरालाई चित्रले व्याख्या गर्दैन । साथै गुराँसको प्रतिशेयर मुल्य ६ सय ७१ रुपैंयाबाट ओरालो लाग्ने अवस्था श्रृजना भएमा न्युनतम ५ सय रुपैंया भन्दा तल झर्दा अहिलेको ट्रेण्ड परिवर्तन हुनेछ ।

-जीवन श्रेष्ठ विगत ५ वर्षदेखि नेपाली शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनु भएको छ । प्राविधिक विश्लेषण सम्बन्धमा श्रेष्ठले विभिन्न इन्स्टिच्यूटहरुमा अध्यापन समेत गराउँदै आउनु भएको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।