अपि हाइड्रोको शेयर बाँडफाँड, एक लाख ४८ हजार ६१६ जना बने शेयरधनी

Sep 01, 2015 Mero Lagani



अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरको बाडँफाँड भएको छ । ३० लाख कित्ताका लागि ३५ जना कर्मचारी सहित १ लाख ८५ हजार १ सय २३ आवदेन परेकोमा १ लाख ४८ हजार ६ सय १६ जना आवेदकले अपिको शेयर प्राप्त गरेका छन ।

Noticeकम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल क्यापिटलका अनुसार सय रुपैयाँ अकित दरका ३० लाख कित्ता शेयरका लागि ९ करोड ७८ लाख ४७ हजार ३ सय ५० कित्ता आवदेन परेको थियो । २ सय १८ आवेदनको रितपूर्वक दरखास्त नपरेको पनि कम्पनीले जनाएको छ ।

 

 

यो कम्पनीले माग गरेको भन्दा झण्डै ३२ दशमलव ६१ गुणाले बढि आवेदन परेको थियो । गत आषाढ २४ गते प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले ९० हजार कित्ता कर्मचारीलाई, डेढ लाख कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको थियो ।एनआइबीएल क्यापीटलका अनुसार ३२ हजार रुपैयाँ सम्मका आवेदकले १० कित्ता शेयर पाएका छन । त्यसैगरी ७८ हजार रुपैयाँ सम्मकाले २० कित्ता, एक लाख रुपैयाँ सम्मकाले २६ कित्ता शेयर प्राप्त गरेका छन ।
अपीले सर्वसाधरणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आवेदकले १ सय रुपैंया अंकित दरले कम्तीमा ५० कित्तादेखि बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवद्र्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीयबाट उठाइएको छ । बाँकी रहेको ३० करोड रुपैंया संकलनका लागि कम्पनीले साधारण शेयर निष्काशन गरेको थियो । अपी पावर कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा ८ दशमलव ५ मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माणँ सम्पन्न गरि विद्युत उत्पादन सुरु गरेको छ ।

केहिबेरमा वृस्तीत जानकारी मेरोलगानी डटकममा हेर्नसक्नुहुनेछ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।