लाभांश घोषणा गर्नेमा पहिलो बाणिज्य बैंक बन्यो सिटिजन्स, २० प्रतिशत बोनस शेयर, हकप्रद किन आएन ?

Sep 03, 2015 Merolagani



गत बर्षको खुद नाफाबाट लगानीकर्ताकर्ताहरुलाई लाभांश प्रस्ताव गर्नेमा सिटिजन्स बैंक पहिलो भएको छ । बैंकले बुधवार लगानीकर्ताहरुका लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ रुपैयाँ गरी २१ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । गत आर्थिक बर्षमा ४४ करोड ६१ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी २८.३४ रुपैयाँ कायम गरेको बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेर गत बर्षकै हाराहारीमा नाफा बाड्ने योजना सार्वजनिक गरेको हो ।


 गत बर्ष उसले १३ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगर लाभांश बाडेको थियो ।


 राष्ट्र बैकमा हालै उसले बुझाएको आठ अर्ब पूँजी पुर्याउने योजनामा यसै बर्ष ४० प्रतिशत हकप्रद शेयर पनि दिने प्रस्ताव उल्लेख भएकोमा हकप्रद शेयरको बारेमा भने बैंकले केही बताएको छैन । राष्ट्र बैंकबाट पूँजी योजना स्वीकृत नभएकोले त्यसबारेमा बैंकले केही सार्वजनिक नगरेको हुनसक्ने आंकलन गरिएको छ ।

विगतमा बिग्रेका फार्इनान्स कम्पनीहरुलाई आफुमा गाभेर पनि राम्रो परिणाम ल्याउन सकेको सिटिजन्सले चुक्ता पूँजी बढाउँन आफैले बोनस शेयर दिएर मात्र संभव नहुने भएकाले हकप्रद शेयर वितरणको बाटोमा जान खोजेको देखिन्छ छ तर अन्य कम्पनीरुसंग मर्ज र एपक्विजिशनका बारेमा भने केही अरुची देखाएको बताईएको छ । तर पनि  हकप्रद र एक्विजिशन नै बैंकका पूँजी बृद्धिका दुईवटा विकल्प हुन । 

सिटिजन्सको हाल चुक्ता पूँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि तीन अर्ब नाघ्ने छ । 

सिटिजन्सले हरेक बर्ष दशै भन्दा अगाडि साधारणसभा गरी लाभांश बितरणको निर्णय पारित गराएर लगानीकर्ताहरुको मुहार हंसिलो बनाउँदै आएको छ । 




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।