गत बर्ष उसले १३ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगर लाभांश बाडेको थियो ।
राष्ट्र बैकमा हालै उसले बुझाएको आठ अर्ब पूँजी पुर्याउने योजनामा यसै बर्ष ४० प्रतिशत हकप्रद शेयर पनि दिने प्रस्ताव उल्लेख भएकोमा हकप्रद शेयरको बारेमा भने बैंकले केही बताएको छैन । राष्ट्र बैंकबाट पूँजी योजना स्वीकृत नभएकोले त्यसबारेमा बैंकले केही सार्वजनिक नगरेको हुनसक्ने आंकलन गरिएको छ ।
विगतमा बिग्रेका फार्इनान्स कम्पनीहरुलाई आफुमा गाभेर पनि राम्रो परिणाम ल्याउन सकेको सिटिजन्सले चुक्ता पूँजी बढाउँन आफैले बोनस शेयर दिएर मात्र संभव नहुने भएकाले हकप्रद शेयर वितरणको बाटोमा जान खोजेको देखिन्छ छ तर अन्य कम्पनीरुसंग मर्ज र एपक्विजिशनका बारेमा भने केही अरुची देखाएको बताईएको छ । तर पनि हकप्रद र एक्विजिशन नै बैंकका पूँजी बृद्धिका दुईवटा विकल्प हुन ।
सिटिजन्सको हाल चुक्ता पूँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि तीन अर्ब नाघ्ने छ ।
सिटिजन्सले हरेक बर्ष दशै भन्दा अगाडि साधारणसभा गरी लाभांश बितरणको निर्णय पारित गराएर लगानीकर्ताहरुको मुहार हंसिलो बनाउँदै आएको छ ।