लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस

Sep 03, 2015 Mero Lagani



सानिमा बैंकले गत बर्षको खुद नाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । गतबर्षको नाफाबाट लाभांश घोषणा गर्ने सानिमा बैंक द्रोस्रो वाणिज्य बैंक बनेको छ । यसअघि सिटिजन्स बैंकले पनि २० प्रतिशतनै बोनशको प्रस्ताव गरेको छ ।


बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ रुपैयाँ गरी २१ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले  गत आर्थिक बर्षमा ६० करोड खुद नाफा कमाएको थियो । सानिमा बैंक सबैभन्दा कम निष्क्रीय कर्जा रहेको बैंक हो । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बाणिज्य बैंकको चुक्ता पुजी आठ अर्ब पुर्याउन आगामी दुई बर्षमा सानिमाले साढे पाँच अर्ब रुपैयाँ पूजी थप्नुपर्नेहुन्छ ।

बैंकको चुक्ता पूजी हाल २ अर्ब ५५ करोड र जगेडा कोषमा ८८ कोड ७५ लाख रुपैयाँ छ बोनस शेयर जारी गरेपछि तीन अर्ब नाघ्ने छ । गतबर्ष बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।