लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस

Sep 03, 2015 Mero Lagani



सानिमा बैंकले गत बर्षको खुद नाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । गतबर्षको नाफाबाट लाभांश घोषणा गर्ने सानिमा बैंक द्रोस्रो वाणिज्य बैंक बनेको छ । यसअघि सिटिजन्स बैंकले पनि २० प्रतिशतनै बोनशको प्रस्ताव गरेको छ ।


बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ रुपैयाँ गरी २१ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले  गत आर्थिक बर्षमा ६० करोड खुद नाफा कमाएको थियो । सानिमा बैंक सबैभन्दा कम निष्क्रीय कर्जा रहेको बैंक हो । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बाणिज्य बैंकको चुक्ता पुजी आठ अर्ब पुर्याउन आगामी दुई बर्षमा सानिमाले साढे पाँच अर्ब रुपैयाँ पूजी थप्नुपर्नेहुन्छ ।

बैंकको चुक्ता पूजी हाल २ अर्ब ५५ करोड र जगेडा कोषमा ८८ कोड ७५ लाख रुपैयाँ छ बोनस शेयर जारी गरेपछि तीन अर्ब नाघ्ने छ । गतबर्ष बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।