
झण्डै ११ बर्ष अगाडि १५ औ र्निजीवन कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनी (SICL) को स्थापना भएको थियो । २०६१ साल जेठ १५ गते खोलिएको कम्पनीले २०६१ कात्तिकमा वीमा समितीबाट कारोबारको अनुमति पाएको थियो ।
एक दशकको अवधिमा कम्पनीले आफुलाई र्निजीवन बीमा कम्पनीहरुमध्ये अग्रपंत्तिमा राख्न सफल देखिएको छ ।स्थापित बिजेशन समूहको प्रबद्र्धन र युवाहरुको व्यवस्थापनमा संचालीत यो कम्पनी व्यवस्थापनको कुशल तथा उचित व्यवस्थापकीय दक्षताका कारण र्निजीवन कम्पनीहरुमध्ये अग्रस्थानमा रहन सफल भएको छ ।

कुशल नेतृत्व तथा दक्ष व्यवस्थापनको कारण यस कम्पनी एक अर्ब रुपैयाँ प्रिमियम संकलन गर्ने पहिलो निर्जिवन कम्पनी समेत बनेको छ ।
वैशाख बाह्रको विनाशकारी महाभूकम्प पश्चात नेपालको समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यस प्राकृतिक प्रकोपले राष्ट्रको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पु¥याउँदा वीमा क्षेत्रमा भने दुरगामी प्रभाव पर्ने देखिन्छ ।

बीमा क्षेत्रको अस्तित्व र सामथ्र्यमा प्रश्न चिन्ह खडा भएरहेको यस अवस्थामा शिखर इन्स्योरेन्स सबैभन्दा बढि खुद नाफा कमाउने कम्पनीका रुपमा अग्रपंतीमा देखिएको छ ।
आ.व. २०७१/७२ को चौथो त्रैमासमको अन्त्यसम्ममा शिखरको खुद नाफा ८७.६९ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष १३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गतआर्थिक बर्षमा २४ करोड ६९ लाख रुपैयाँ कमाएको छ । एकबर्षको अवधिमा कम्पनीको खुद नाफामा ११ करोडले वृद्धि भएकोे छ ।
साथै कम्पनीको एक बर्षको अवधिमा चुक्तापूँजी २०.१२ प्रतिशत र जगेडाकोष ४३.१२ प्रतिशतले बढेको छ । गत आ.वको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यो कम्पनी निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरु मध्ये सबैभन्दा बढि चुक्तापुँजी भएको कम्पनी हो जुन समिक्षा अवधि सम्ममा ३५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष कम्पनीको चुत्ताँपूजी २९ करोड ७७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जगेडाकोषमा १३ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

एकबर्षको अवधिमा विमाकोष समेत ६१.९३ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष करिब २० करोडको हाराहारीमा रहेको वीमाकोष २०७१/७२ को चोथौ त्रेमासिकको अन्त्य सम्ममा ३२ करोड रुपैयाँको हाराहारीमा रहेको छ । जून कम्पनीको वृद्धिका लागि राम्रो पक्ष हो । त्यस्तै कम्पनीले दिर्घकालिन लगानी र कर्जा समेत बढाएको छ । जून अघिल्लो आर्थिक बर्षको भन्दा झण्डै ३४ प्रतिशतले बढि हो । यसले भविष्यमा पनि कम्पनीको आम्दानी बढ्दै जाने देखाउदछ ।

यसैगरि कम्पनीले आम्दानीको मुख्य स्रोत बीमा शुल्क (प्रिमियम) समिक्षा अवधिमा २९.२३ प्रतिशतले वृद्धि गरेको छ भने कम्पनीले जारी बीमा पोलिसी समेत ५३.३३ प्रतिशतले बढाएको छ । जसले कम्पनीको व्यापार बर्षेनी विस्तार हुदै गएको देखिन्छ ।
अघिल्लो बर्षको तुलनामा कम्पनीको रिटन अन ईक्वीटी वृद्धि भएको छ जसले लगानीकर्ताको सम्पत्ती बढाउन कम्पनी सफल भएको देखाउँदछ । त्यस्तै प्रतिशेयर आम्दानी र नेटवर्थ दुवै बढेको छ । कम्पनीको नाफा तथा सम्पती दुवैमा वृद्धि भएको देखिएको छ ।
अर्कोतर्फ कम्पनीको दाबी भुक्तानी संख्या पनि ६२.४२ प्रतिशतले बढेको छ । शक्तिशाली भूकम्प पछि सबैभन्दा बढि दाबी भूक्तानी गर्ने कम्पनी पनि शिखर इन्स्योन्स हो ।जसमा कम्पनीले कुल दाबीको ५५.६३ प्रतिशत भुक्तानी गरेको छ ।

भूकम्पको प्रभाव यो कम्पनीमा पनि परेको छ । जसका कारण समिक्षा अवधिमा कम्पनिको वीमा दाबी १३७.५५ प्रतिशतले बढेको देखिन्छ । यसले गर्दा आगामी दिनमा कम्पनीको नाफामा केहि प्रभाव पर्न सक्छ ।
त्यस्तै कम्पनिको प्रतिशेयर आम्दानी (रु.), प्रतिशेयर नेटवर्थ (रु.) तथा रिटर्न अन इक्युटी (प्रतिशत) क्रमश ६९.०३, २२७.५१ र ५०.०५ रहेको छ । कम्पनीको शेयरको मुल्य आम्दानी अनुपात ५३.०१ प्रतिशतले घटेको छ ।
यसले के देखाउदछ भने शेयर बजारमा यो कम्पनीका शेयरमा लगानीकर्ताको आर्कषण बढ्न सकेको छैन । मिति १०/०९/२०१५ अनुसार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कम्पनिको अन्तिम शेयर मुल्य रु. ९८९ रहेको छ ।

यद्यपी यो कम्पनीको पछिल्ला बर्षहरुको वित्तिय विवरण हेर्दा आगामी दिनमा आफ्ना ग्राहक तथा लगानीकर्तालाई राम्रो सुवीधा र प्रतिफल दिन सक्ने देखिन्छ । सबैभन्दा बढि चुक्तापँुजी , सबैभन्दा धेरै दाबी भुक्तानी गर्नु पनि कम्पनीका सबल पक्ष हुन ।
प्रतिशेयर आम्दानी, रिटन अन ईक्वीटी र नेटवर्थ सबै राम्रो भएकाले आगामी दिनमा पनि यो कम्पनीले यसका लगानीकर्तालाई उचित प्रतिफल दिने सम्भावना यथावत छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।