
यस किसिमको योजना शुरु गर्नेमा यती डेभलपमेन्ट बैंक पहिलो डेभलपमेण्ट बैंक रहेको दावी बैंकको छ । उक्त योजनाको लागी यती डेभलपमेन्ट बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकास पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका हुन ।
यस भन्दा पहिला बिभिन्न बैंकहरुले Home Loan का ग्राहकहरुको लागि मात्र बिमाको सुविधा उपलब्ध गराउंदै आएका थिए ।

साथै बैंकले क्यान्सर, ह्दय घात, मस्तिष्कको रक्त संचार प्रणालीमा आउने समस्या वा मस्तिष्क घात, स्नायु तन्त्रमा आउने खराबी, मुटुको रक्त नलीको वाइपास शल्यक्रिया, मुटुको भल्भ प्रतिस्थापन पक्षाघात शरीरका अत्यावश्य मुख्य अंगहरुको प्रत्यारोपण जस्ता रोगको उपचारको लागि बिमा मार्फात अधिकतम रु १० लाख सम्मको रकम उपलब्ध गराउने छ ।
साथै दुर्घटनाको कारण ग्राहकको मृत्यु वा स्थायी रुपमा पूर्ण रुपले अशक्त भएको अवस्थामा समेत बिमाको रकम पा्रप्त गर्न सकिने छ । Taxi कर्जा लिनुहुने कृष्ण थापा यो योजनाबाट लाभान्वीत हुने पहिलो ग्राहक हुनु भएको छ ।
अब देखि शिखर इन्स्योरेन्सको सहकार्यमा बिमा सम्बन्धी सम्पूर्ण सुबिधाहरु ग्राहकहरुले बैंक मार्फत नै प्राप्त गर्न सक्ने भएकोले ग्राहकहरुलाई थप सुबिधा पनि प्राप्त हुने भएको छ । बैंकले हाल ३ कार्य दिनमा नै झन्झट मुक्त सरल कर्जा अभियान समेत लागु गरेको जनाएको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।