चिलिमे जलविद्युत कम्पनी कहिले जाला डिम्याट कारोबारमा ?

Sep 15, 2015 Mero Lagani



जलविद्युत क्षेत्रको आर्कषक कम्पनी चिलिमे अभौतिक शेयर कारोबारमा नजादा लगानीकर्ताले हदैसम्मको झन्झट र ढिलासुस्तीको सामना गर्नुपरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत अन्य कम्पनीहरुले अनिवार्य डिम्याट शेयर कारोबार थालेर लगानीकर्तालाई सुविधा दिएका मात्र छैनन् उनीहरुको सेयरमुल्य र कारोबार रकम पनि ह्वात्तै बढेको छ । तर चिलिमे जस्तो आर्कषक कम्पनीले सिडिएससिमा दर्ता नहुनु रहस्यमय देखिएको छ ।



चिलिमेले सिडिएससिमा दर्ता हुन हालसम्म निवेदन समेत दिएको छैन । शेयरबजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा चिलिमे हाईड्रो अग्रपंक्तिमा रहदै आएको छ । अझ जलविघुत समुहमा यो कम्पनीको कारोबार प्राय उच्च नै हुने गरेको छ । तर पछिल्लो समयमा धेरै कम्पनीका शेयरहरु डिम्याटमा कारोबार भईरहदा यो कम्पनीका कारोबारीहरुले भने कागजी रुपमै अल्झदा कारोबारमा सुधार हुन सकेको छैन ।

चिलिमे हाईड्रोका कम्पनी सचिव नारायणप्रसाद आर्चायका अनुसार कम्पनीले आफ्ना सबै शेयरहरु अभौतिक गर्ने अथवा डिम्याटमा लैजाने प्रक्रिया थालिसकेको जानकारी दिए । उनले बढिमा २ महिनाभित्रमा सबै शेयरहरु डिम्याटमा लैजाने लक्ष्य रहेको मेरोलगानीलाई बताए । जसका लागि कम्पनीको शेयर निष्काशन तथा प्रबन्धक रहेको नागरिक लगानीकोषसंग सहकार्य भईरहेको पनि उनले बताए ।

रसुवाका स्थानीयबासीहरुको दश प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीलाई सबै शेयरहरु २ महिनाभित्रमै डिम्याटमा लैजान भने त्यत्ती सहज छैन । स्थानीय बासिहरुकै यो आयोजनामा दश प्रतिशत शेयर रहेको छ । यसका लागि कम्पनीले स्थानिय शेयरधनीहरुलाई डिम्याट सम्बन्धीका तालिमहरु संचालन गर्ने सोचमा रहेको कम्पनी सचिव आर्चायले बताए ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानि कोषले पनि यस बिषयमा चिलिमेसंग कुराकानी भईरहेको जनाएको छ । कोषका प्रमुख प्रशासक रामकृष्ण पोखरेलका अनुसार अन्य साना साना कम्पनीहरुको काम भईरहेको र चिलिमेको शेयरसंख्या धेरै भएकाले केहि समय लाग्ने बताए । यसको लागि आन्तरिक तयारीमा कोष जुटेको उनले बताए ।

चुक्तापूँजी २ अर्ब ७२ करोड ५६ लाख ३२ हजार रहेको चिलिमे हाईड्रोकोे २ करोड ७२ लाख ५६ हजार ३२० कित्ताशेयर सेयरबजारमा सुचिकृत रहेका छन । हाल २७० मेगावाटका विभिन्न चार वटा आयोजनाहरु बनाईरहेको चिलिमेको सेयरमा लगानीकर्ताको आर्कषण पनि उत्तिकै छ ।

 

यो कम्पनीमा नेपाल विद्युतप्राधिकरणको ५१ प्रतिशत, प्राधिकरण र चिलिमेका कर्मचारीको २५ प्रतिशत , सर्वसाधारणको १४ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

सेयर बजारमा अहिले यो कम्पनीको सेयरप्रतिकित्ता १५ सय रुपैयाँको हाराहारीमा करोबार भईरहेको छ । तर अहिलेसम्म डिम्याटमा जान नसक्दा विस्तारै लगानीकर्ताको आर्कषण घट्दै गएको देखिन्छ । कागजी कारोबारले गर्दा यो कम्पनीको शेयरले जुन गति लिनुपर्ने हो त्यो नभएको कतिपय लगानीकर्ताको भनाई छ ।

चिलिमे हाइड्रोपावर कम्पनीले आव ०७१/७२ को चौथो त्रैमाससम्मको नाफा ८६ करोड ५४ लाख खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा ७ दशमलव ९ प्रतिशतले कम हो । नाफा घटेपनि कम्पनीको जगेडाकोषमा भने ४ अर्ब ५३ करोड ४३ लाख सञ्चित गरेको देखिन्छ । कम्पनीले अघिल्लो बर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले यसबर्ष कति बोनश र नगद लाभांश बाड्ला लगानीकर्तामा उत्सुकता रहेको देखिन्छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।