सानिमा बैंकले पनि दिने भयो २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद

Sep 23, 2015 Mero Lagani



सानिमा बैंकलेले २० प्रतिशत बोनस सेयर पछि ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो भने बोनस शेयर बितरणपछि हकप्रद शेयर जारी गरिने छ । बैंक संचालक समितिको बुधवार साँझ बसेको बैठकले आगामी असोज २८ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक बर्षमा ६० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले बोनस सेयर वितरण गरेपछि भएको सेयरबाट १० बराबर ५ अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर निश्काशन गरेपछि चुक्ता पूँजी चार अर्ब ५९ करोड नाघ्ने छ । 

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ छ । बोनस सेयर जारी गर्दा चुक्ता पँुजी ५१ करोड ८ लाख रुपैयाँ वृद्धि भई ३ अर्ब ६ करोड रुपैयाँ हुनेछ ।

गैर आबासीय नेपालीहरुको मुख्य लगानी रहेको सानिमा बाणिज्य बैंक मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जा रहेको बाणिज्य बैंक हो । फाईनान्स कम्पनीबाट सुरु भएको सानिमा आफै बाणिज्य बैंकमा रुपान्तरित भएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने दिशामा अगाडि बढेको छ । बैंकले आफैले चुक्ता पूँजी आठअर्ब पुरयाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।