बिहीबार राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा ‘क’ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई पूँजीवृद्धिको योजना आफ्नो वेवसाइटमा राख्न निर्देशन दिइएको छ । केही साता पहिले योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिए पछि शेयर बजारमा त्यसको असर पर्ने भन्दै पूँजी योजना सार्वजनिक नगर्न नेप्सेले वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको जानकारीका लागि पुँजी वृद्धि योजना सार्वजनिक गर्न बैंकहरुलाई सर्कुलर गरेको हो ।
४ गुणाले वित्तीय संस्थाको पूँजी वृद्धि गर्ने योजनालाई मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत रुपमा अघि सारेको थियो । जस अनुसार भदौ मसान्तसम्ममा पूँजी वृद्धिको योजना राष्ट्र बैंकमा बुझाउन उसले बैंकहरुलाई परिपत्र जारी गरेको थियो ।
राष्ट्र बैंकमा पूँजी योजना बुझाएका सबै बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिको योजना विभिन्न बहानामा चुहिंदै आएको थियो ।

.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।