माछापुच्छ्रे र जनतावीचको मर्जर ६ महिनभित्र पुरा हुने, संयुत्त मर्जर समिति गठन

Sep 29, 2015 Mero Lagani

माछापुच्छ्रे बैंक र जनता बैंक बीच मर्जर गर्ने सम्बन्धमा विस्तृत सहमतिपत्रमा सोमबार हस्ताक्षर भएको छ । मर्जका लागि प्रारम्भिक सम्झौता गरीसकेका माछापुच्छ्रे र जनता बैंकले संयुत्त मर्जर समिति गठन गरेका छन् भने ६ महिनाभित्र मर्जर प्रक्रिया पुरा गर्ने सहमति समेत गरेका छन ।

छ महिना भित्र मर्जर गर्ने उद्देश्य सहित माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले विस्तृत सहमति पत्रमा सोमबार हस्ताक्षर गरेका हुन ।

यस अघि गत आश्विन ३ गतेका दिन दुवै बैंक बीच मर्जर गर्ने प्राथमिक सहमति भएको थियो । मर्जर पश्चात बैंकको नाम माछापुच्छ्रे बैंक लि. नै रहनेछ । मर्जर कार्यलाई अगाडि बढाउन दुवै बैंकबाट तीन तीन जना सञ्चालक सम्मिलित संयुक्त मर्जर समिति समेत गठन गरिएको छ । 

मर्जर समितिमा माछापुच्छ्रे बैंकका अध्यक्ष विरेन्द्रप्रसाद महतो संयोजक छन् भने बैंकका सञ्चालक रोशन केसी र ज्ञानप्रसाद कर्माचार्य सदस्य छन् । त्यसैगरी जनता बैंकबाट सञ्चालकहरु गुरुप्रसाद न्यौपाने, केशव रायमाझी तथा भीमानन्द ढुँगाना सदस्य छन् ।

मर्जरपछिको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकका अध्यक्ष महतो नै अध्यक्ष रहने तथा नौ जनाको सञ्चालक समिति रहने सहमति भएको छ ।

उक्त समितिमा माछापुच्छ्रे बैंकका तर्फबाट पाँच जना तथा जनता बैंकको तर्फबाट तीन जना र विशेषज्ञ सञ्चालक एक जना रहनेछन् ।

अहिले माछापुच्छ्रे बैंकको चुक्ता पूँजी दुई अर्ब ९५ करोड तथा जनता बैंकको चुक्ता पूँजी दुई अर्ब ६ करोड रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक हकप्रद शेयर जारी गर्ने पक्रियामा रहेको छ भने मर्जर पपछि बैंकको कुल चुक्ता पूँजी ५ अर्ब ७१ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।

मर्जरपछि बन्ने बैंकको ९२ वटा शाखा ९८ वटा एटीएम सञ्जाल हुनेछ । मर्जरको प्रारम्भिक सहमति पछि दुवै बैंकको सेयर कारोवार रोकिएको छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।