मर्जरले समग्र वित्तीय क्षेत्रको अपेक्षित विकास हुन सकेन, DDA लाई यथार्थपरक बनाउन सुझाब

Oct 02, 2015 Mero Lagani

समग्र आर्थिक गतिविधिमा वित्तीय क्षेत्रको योगदान बढाउन, यस क्षेत्रको कार्यकुशलता अभिवृद्धि गर्न एवं वित्तीय प्रणालीमा देखिएका चुनौतीहरुलाई सामना गर्न मर्जर नीतिलाई एक प्रभावकारी औजारको रुपमा लिने गरिन्छ । तर राष्ट्र बैंकले गरेको एक अध्ययनलेनै मर्जरपछि बनेका संस्थाहरुमा क्रमीक सुधार भएपनि समग्र वित्तीय क्षेत्रको अपेक्षित विकास हुन नसकेको देखाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सार्वजनिक गरेको मर्जर पश्चात बनेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था र मर्जरको प्रभावकारिता बिषयक अध्ययन प्रतिवेदनका अनुसार मर्जरका कारण एकल संस्थाको पूँजीगत आधार वृद्धि भएतापनि आर्थिक गतिविधिको तुलनामा समग्र वित्तीय क्षेत्रको पूँजीको आधार अपेक्षित रुपमा बढ्न नसकेको हो । 

मर्जर नीतिको कार्यान्वयनपश्चात् कुल ६८ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर २५ वटा संस्था वनेका छन् । मर्जरमा गएका कुल संस्थाहरुमध्ये विकास बैंक २८, वित्त कम्पनी २६, वाणिज्य बैंक ९ र लघुवित्त विकास बैंक ५ रहेका छन् ।

मर्जरका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी क्रमिक रुपमा बढ्दै गईरहेको भएतापनि समग्र अर्थतन्त्रको आर्थिक गतिविधिमा भएको विस्तारको तुलनामा वित्तीय क्षेत्रको चुक्ता पूँजी बढ्न नसकेको कारण चुक्ता पूंजी÷कुल गार्हस्थ उत्पादन अनुपात घट्दै गएको पाईएको छ ।

मर्जर नीति कार्यान्वयनमा आएको वर्ष २०६८ मा चुक्ता पूंजी/कुल गार्हस्थ उत्पादन अनुपात ७.२ प्रतिशत रहेकोमा सो घटेर वि.सं. २०७२ वैशाखमा ६.७ प्रतिशतमा सीमित भएको छ ।

मर्जर नीतिको कार्यान्वयन पश्चात बैंक तथा वित्तीय संस्थाहरुको विविध पूंजी अनुपातहरुमा समेत्कमी आएको छ । २०६८ मा चुक्ता पूंजी/कुल कर्जा अनुपात ११.६ प्रतिशत रहेकोमा सो घटेर २०७२ मा ९.२ प्रतिशत कायम भएको छ ।

त्यसै गरी २०६८ मा चुक्ता पूंजी÷कुल निक्षेप अनुपात १२ प्रतिशत रहेकोमा सो अनुपात २०७२ मा ८.४ प्रतिशत मा झरेको छ ।

समग्र बैंक तथा वित्तीय संस्थाकोसम्पत्तिको गुणस्तरको तुलनामा मर्ज भएका संस्थाहरुको सम्पत्तिको गुणस्तर राम्रो भएको पाइएको छ ।

समग्र बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात र कर्जा नोक्सानी व्यवस्था क्रमशः ३.८ प्रतिशत र ४.३ प्रतिशत रहेकोमा मर्ज भएका संस्थाहरुमात्रको यस्तो अनुपात क्रमशः ३.३ प्रतिशत र ३.७ प्रतिशत रहेको पाईन्छ ।
मर्ज भएका संस्थाहरुको कुल सम्पत्तिमा खुद नाफाको अनुपात, कुल ईक्वीटीमा खुद नाफाको अनुपात र कुल निक्षेपमा कुल कर्जाको अनुपातमा क्रमिक सुधार हुदै गएको छ । 

 

अध्ययनका अनुसार चुक्ता पूंजी÷निक्षेप अनुपात तथा चुक्ता पूंजी÷कर्जा अनुपात जस्ता पूंजी पर्याप्तता अनुपातहरु समेत् घट्दै गएका छन् ।

परिणामस्वरुप मुलुकको उच्च आर्थिक वृद्धिका लागि आवश्यक पर्ने ठूलो स्तरको वित्तीय साधन÷स्रोतको आपूर्ति गर्न बैंक तथा वित्तीय संस्थाहरु सक्षम नदेखिएको प्रतिवदेनमा उल्लेख छ ।

विप्रेषण आप्रवाहका कारण बैंक तथा वित्तीय संस्थाहरुसंग सर्वसाधारणको निक्षेप निरन्तर बढ्दै जाने तर बैंकहरुको पूंजीकोषको अनुपात सो अनुसार बढ्न नसक्दा बढ्दो निक्षेप कर्जा लगानीमा बैंकहरुले रुपान्तरण गर्न नसकी अधिक तरलताको स्थिति दीर्घकालीन समस्याको रुपमा वरकरार रहिरहने विडम्वनापूर्ण स्थिति चिर्न नीतिगत पहल गर्नुपर्ने अध्ययनले देखाएको छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।