माछापुच्छ्रे बैंकको हकप्रद शेयर खरिदका लागि ताकेता

Nov 02, 2015 Mero Lagani

माछापुच्छ्रे बैंक (MBL) ले लिमिटेड ले ५५ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयर खरिदका लागि शेयरधनीलाई बैंकले आग्रह गरेको छ । ५ दिनमात्र म्याद रहेको भन्दै शेयरधनीहरुलाई बैंकले एक सय रुपैयाँ अंकित ५५ लाख ५२ हजार ५ सय ९३ कित्ता हकप्रद शेयर लिन आग्रह गरेको हो ।

बैंकले गत मंसिरमा सम्पन्न साधारणसभाले पारित गरे बमोजिम ५ बराबर १ अर्थात (५ः१) कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । लगानीकर्ताले पाँच सेयर बराबर एक सेयरका दरले हकप्रद पाउने छन् ।

हाल २ अर्व ७७ करोड ६२ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर बाँडफाँड पछि चुक्तापूँजी ३ अर्व ३३ करोड १५ लाख पुग्नेछ ।

बैंकको हकप्रद शेयर खरीदका लागि नविल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल काठमाडौँ र माछापुच्छ्रे बैंकका विभिन्न शाखाहरुमा दरखास्त दिन सक्नेछन् । हकप्रद शेयर कार्तिक २२ गते बन्द हुनेछ ।

 

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।