हाम्रो विकास बैंक र गण्डकी विकास बैंकको नाफामा उल्लेख्य सुधार

Nov 08, 2015 Mero Lagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा हाम्रो विकास बैंक (HAMRO) ले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसैअवधिको भन्दा २ सय ३० प्रतिशत बढि हो । गतबर्ष बैंकले असोज मसान्त सम्ममा २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै गण्डकी विकास बैंक (GDBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड १ लाख रुपैयाँ कमाएको छ । यो गतबर्षको यसैअवधिको भन्दा झण्डै पचास प्रतिशत बढि हो। गत बर्ष बैंकले १ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रेहको हाम्रो विकास बैंकले समिक्षा अवधिमा निक्षेप ५६ करोड ७० लाख रुपैयाँबाट बढाएर ८२ करोड ९९ लाख रुपैयाँ पु¥याएको छ भने गण्डकी विकास बैंकले ३ अर्व २८ करोड ७ लाख रुपैयाँ बाट बढार ४ अर्व ५२ करोड ३८ लाख रुपैयाँ पु¥याएको छ ।

यसैगरि हाम्रो विकास बैंकको कर्जा ६२ करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।गण्डकी विकास बैंकले ३ अर्व ८९ करोड ४८ लाख रुपैयाँ कर्जा पुर्याएको छ ।

हाम्रो विकास बैंकको प्रति शेयर आम्दानी ६ दशमलव ४० रुपैयाँ रहेको छ । हाम्रा विकास बैंकको निष्कृय कर्जातर्फ शुन्य दशमलव ३४ प्रतिशत घटेर शुन्य दशमलव ३२ प्रतिशत, जोखिम युक्त सम्पति भने १ दशमलव ६७ प्रतिशत बढेर १८ दशमलव ९५ प्रतिशत छ ।

गण्डकी विकास बैंकको प्रति शेयर आम्दानी ५ दशमलव ७२ रुपैयाँ रहेको छ ।गण्डकी विकास बैंकको निष्कृय कर्जातर्फ शुन्य दशमलव ०७ प्रतिशत घटेर शुन्य दशमलव ७४ प्रतिशत, जोखिम युक्त सम्पति भने १ दशमलव २४ प्रतिशत घटेर ११ दशमलव ५४ प्रतिशत रहेको छ ।

 

हाम्रो विकास बैंकले १५,एक्सेल डेभलपमेन्टले २६ प्रतिशत बोनस सेयर दिने

१० करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्दे गण्डकी विकास बैंक

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।