कैलाश, मेट्रो डेभलपमेन्ट र नेपाल एक्सप्रेस फाईनान्स गाभिने, आगामी वैशाखबाट एकिकृत कारोबार थाल्ने

Nov 10, 2015 Mero Lagani

कैलाश विकास बैंकसंग मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिने भएका छन् । यी वित्तीय संस्थाहरुले आगामी चैत्र मसान्त भित्र गाभ्ने/गाभिने कार्य सम्पन्न गरी २०७३ बैशाख महिना देखि एकिकृत कारोवार गर्ने लक्ष्य लिईएका छन् ।

गाभिने सम्बन्धि समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंक बाट “ख” वर्गको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाश विकास बैंक (KBBL) संग “ख” वर्गको बिकास बैंकको रुपमा कारोवार गर्दे आएको मेट्रो डेभलपमेन्ट बैंक (METRO)र “ग” वर्गको वित्तीय कारोवार गर्दे आएको नेपाल एक्सप्रेस फाईनान्स(NEFL) गाभिने भएका हुन् ।

उक्त समझदारी पत्रमा कैलाश विकास बैंक लिमिटेड संचालक समितिका अध्यक्ष राजेन्द्र गिरी, मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष नारायण बराल तथा नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड संचालक समितिका अध्यक्ष गिरीराज पाठक ले हस्ताक्षर गरे । संस्थाहरु विच २०७२ चैत्र मसान्त भित्र गाभ्ने÷गाभिने कार्य सम्पन्न गरी २०७३ बैशाख महिना देखि एकिकृत कारोवार गर्ने लक्ष्य लिईएका छन् ।

२०७२ आषाढ मसान्तको वित्तीय बिवरण बमोजिम तीनवटै संस्था गाभिए पश्चात कूल पूंजी २ अर्ब ५५ लाख, कूल निक्षेप रु.१२ अर्ब ३० करोड, ५ लाख तथा कूल कर्जा रु.१० अर्ब ७७ करोड कायम रहेकोछ भने कूल शाखा संख्या ३८ हुने छन् ।

उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दे आएका तीनवटै संस्था गाभिए पश्चात पूंजीकोष तथा व्यवसायको आधार फराकिलो हुन गई एक सवल र सुदृढ वित्तीय संस्थाको रुपमा खडा हुने तथा ग्राहकहरुलाई प्रभावकारी तथा बिश्वसनीय रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिईएकोछ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।