अपी हाइड्रोको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकरण, छठपछि कारोबारमा आउने

Nov 10, 2015 Mero Lagani



अपी हाईडोपावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्सेचेन्ज लिमिटेडबीच सोमबार साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । प्रति सेयर अकिंत तथा चुक्ता मूल्य एक सय रुपैयाँ  कायम भएको  एक अर्ब बराबरको एक करोड कित्ता छठपछी कारोबारमा आउने गरी सूचीकरण भएको हो ।

सेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जका तर्फबाट महाप्रबन्धक सीताराम थपलिया र अपि पावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गरे ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको तीस लाख कित्ता, कर्मचारीलाई दिएको ९० हजार कित्ता, सामूहिक लागानी कोषका लागि एक लाख ५० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ६० लाख कित्तासमेत गरी एक करोड कित्ता सेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको एक्सचेन्जले जनाएको छ ।

कम्पनीले सर्वसाधरणसमक्ष एनआइविएल, क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौँमार्फत तीस लाख कित्ता साधारण सेयर गत असारमा खुल्ला बिक्री आह्वान गरेको थियो । सो कम्पनीको सेयर सूचीकरण

जलविद्युतसमूह अन्तर्गत सूचीकृत कम्पनीको संख्या ८ र कुल सूचीकृत कम्पनीको संख्या २ सय ३३ पुगेको छ। सूचीकृत १ करोड कित्ता सेयर छठपछी कारोबारमा आउने कम्पनीले जनाएको छ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।