निस्क्रिय कर्जा १७ प्रतिशत पुगेको आईएलएफसीलाई कसले लेला ?

Nov 15, 2015 Merolagani



बाणिज्य बैंक बन्ने सपनामा चुक्ता पूँजी दुई अर्ब पुर्याएर पनि राष्ट्र बैंकको स्वीकृति नपाए पनि थला परेको इृनटरनेशनल लिजिड. एण्ड फाईनान्स अर्थात आईएलएफसीको निस्क्रिय कर्जा गत आर्थिक बर्षको अन्तिम त्रैमासको तुलनामा झण्डै तीन प्रतिशतले बढेर १७ पुगेको छ ।

 

चुक्ता पूँजी  भन्दा निक्षेप कम रहेको कम्पनीको निस्क्रिय कर्जा अनुपात बढ्दा नोक्सानी ब्यवस्था समेत बढाउनु परेको छ । कम्पनीकोे निक्षेप एक अर्ब ३५ करोड कर्जा परिचालन एक अर्ब ६१ करोड छ । फाईनान्सको निक्षेप र कर्जा रकम पनि क्रमश घट्दै गएको छ ।

 

फाईनान्सले ब्याज आम्दानी र संचालन नाफा भने गत बर्षको पहिलो त्रैमासमा भन्दा बढाएको छ । फाईनान्सले यस आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ४४ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ, जुन अघिल्लो बर्षको सोही अबधिको हाराहारीमा हो । 

 

ठूला बाणिज्य बैंकहरुसँग मर्ज हुने सपना साँचिरहेको आईएलएफसीलाई निस्क्रिय कर्जाले मोलतोल गर्ने शक्ति घटाएको देखिन्छ । आईएलएफसीलाई लिने बैंकले दुई अर्ब रुपैयाँ पूँजी जुटाउन सके पनि उसको निस्क्रिय कर्जाको भार पनि ब्यहोर्न पर्दा बैंकलाई आफु स्वस्थ रहेको देखाउँन केही असजिलो हुनेछ ।

 

राष्ट्र बैंकको मौद्रिक नीतिको नयाँ ब्यवस्था अनुसार राष्ट्रियस्तरको फाईनान्स कम्पनी रहिरहन कुनै अफ्ठेरो नभएपनि निक्षेप रकमको कमीले संचालन खर्च धानेर लगानीकर्तालाई लाभांश खुवाउनै नसक्ने अबस्था छ ।

कम्पनीले धेरै जसो कर्जा निर्माण उपकरणहरु खरिद गर्न ठेक्कापट्टा गर्ने निर्माण ब्यवसायीहरुमा परिचालन गरेकाले लिलाम गरेर असुल गर्न कठिनाई भएको देखिन्छ ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।