माछापुच्छ्रेको हकप्रद भर्नुभयो ? मौका नचुकाउनुस, एक दिन मात्र बाँकी छ

Nov 17, 2015 Mero Lagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले ५५ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयर खरिदका लागि शेयरधनीलाई थप गरेको १० दिनको म्याद सकिन अब एक दिन मात्र बाँकी छ । माछापुच्छ्रेले २० प्रतिशत हकप्रद शेयर निश्काशन गर्दै कार्तिक २२ गतेसम्ममा शेयर किन्ने म्याद दिएकोमा सबै शेयरधनीले हकप्रद शेयर नभरेकाले १० दिन म्याद थपेर मंसिर २ गतेसम्मको म्याद दिएको थियो । 

 बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सार्वजनिक सुचना प्रकाशित गरि हक अनुसारको शेयरका लागि आवेदन दिन भनेको हो ।

बैंकले गत मंसिरमा सम्पन्न साधारणसभाले पारित गरे बमोजिम ५ बराबर १ अर्थात (५ः१) कित्ता शेयरको अनुपातमा हकप्रद शेयर गत अशोज १७ गतेदेखि निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन मंसिर २ गते बुधबारबाट बन्द हुने नबिल इनभेष्टमेण्टले प्रकाशित गरेको सुचनामा उल्लेख छ । 

बैंकको हकप्रद शेयर खरीदका लागि नविल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल काठमाडौँ र माछापुच्छ्रे बैंकका विभिन्न शाखाहरुमा दरखास्त दिन सक्नेछन् । 

हाल २ अर्व ७७ करोड ६२ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर बाँडफाँड पछि चुक्तापूँजी ३ अर्व ३३ करोड १५ लाख पुग्नेछ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।