ब्याज आम्दानी र संचालन नाफा बढेको छ भने नियमित कारोबारहरुबाट हुने आम्दानी घटेको छ । कर्मचारी खर्च पनि बढेकाले बैंकको खुद नाफामा असर परेको देखिएको छ ।
बैंकले निस्क्रिय कर्जालाई भने ह्वात्तै घटाएको छ । निक्षेप र कर्जा रकम भने बढेको छ । ३ अर्ब १४ लाख चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ नाघेको छ । बैंकको २० प्रतिशत हकप्रद भर्ने म्याद मंसिर २ गते बुधबारसम्म रहेको छ ।
माछापुच्छ्रेमा गैर आवासीय नेपाल उपेन्द्र महतो समूहको ठूलो लगानी रहेको छ । माछापुच्छ्े बैंकमा जनता बैंक गाभिने सम्झौता भई हाल दुबैको शेयर कारोबार रोक्का रहेको छ ।
उता नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको एनसीसी बैंकले खुद नाफालाई झण्डै साढे दुई करोडले बढाएर १२ करोड ७१ लाख बनाएको छ । ब्याज आम्दानी र संचालन नाफा बढाएर र कर्मचारी र अन्य संचालन खर्चमा नियन्त्रण कायम गरी बैंकले खुद नाफामा बढोत्तरी गरेको हो ।
त्यसैगरी निस्क्रिय कर्जा असुली गरेर ६ करोड रुपैयाँ नाफामा देखाईएको छ । बैंकको निक्षेप र कर्जामा पनि बढोत्तरी भएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा कायम भएको छ । एनसीसीले केही बिकास बैंकहरुलाई आफुमा गाभ्ने प्रयास गरिरहेको बुझिएको छ ।
बजारमा तरलता बढी हुँदा स्पेड दर र पूँजी लागतको कारणले पनि बैंकहरुको नाफा नोक्सानमा असर पारेको देखिएको छ ।