अपि पावरको शेयर कारोबार सुरु, प्राइस रेञ्ज १ सय देखि ३ सय १ रुपैंया तोकियो

Nov 18, 2015 Mero Lagani



अपि पावर कम्पनीको शेयरको नेप्सेमा किनबेच सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सुचना प्रकाशित गरि अपिको कारोबार कोड ए पी आई रहेको र प्राइस रेञ्ज १ सयदेखि ३ सय १ रुपैंया निर्धाराण गरेको जनाएको हो ।

केही समय अघि अपि पावर कम्पनीले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर निष्काशन तथा बाँटफाँट गरेको थियो । जस अनुसार १ लाख ४८ हजार ६ सय १६ जनासंग उक्त शेयर रहेको छ भने अब त्यसको दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

अपी पावर कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा ८ दशमलव ५ मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माणँ सम्पन्न गरि विद्युत उत्पादन सुरु गरेको कम्पनीले नौगड गाड आयोजनाको विद्युत प्रधिकरण्ाँलाई बिक्रि समेत गर्न थालेको छ ।

यसबाट यसका लगानीकर्ताले अर्को बर्षदेखि नै प्रतिफल पाउने विश्वास पनि कम्पनीले लिएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।