भारतीय मुद्रा सटहीमा राष्ट्र बैंकले लगायो हदबन्दी, भारतीय संचारमाध्यममा बन्यो गशिप

Nov 22, 2015 Mero Lagani

बजारमा कालोबजारी बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको छ । एकै ब्यक्तिले दिनमा दुईदेखि तिन पटक सम्म भारतीय रुपैयाँ खरिद गर्ने कार्य बढ्न थालेपछि कालोबजारी नियन्त्रण गर्न भन्दै केन्द्रिय बैंकले भारतीय मुद्रा सटहीमा हदबन्धी तोकेको हो ।

यो खबर कतिपय भारतीय मिडियामा समेत चर्चाको बिषय बनेको छ । अब एक ब्यक्तिले एक हप्तामा २५ सय भारतीय रुपैयाँ मात्रै खरिद गर्न पाउनेछन् । यसअघि एकपटकमा ५ हजार रुपैयाँ सटही गर्न पाउने व्यवस्था रहेको थियो । तर औषधि खरिद तथा उपचारमा जान लागेका मानिसहरुको लागि भने यो हदबन्दी लागु नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए ।

भारतमा गएर सामान खरिद गर्नको लागि भारतीय मुद्रा खरिद गर्न लागेपछि बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको हो । बजारमा अन्य सामानको कालोबजारी बढ्दै गएको समयमा भारतीय रुपैयाँको समेत कालोबजारी बढ्न थालेपछि यस्तो कदम थालिएको राष्ट्र बैंकका प्रवत्ता पंगेनीको भनाई छ ।

तस्करीहरुले भारतीय मुद्रा उच्च मूल्यमा खरिद गरी भारतबाट अवैध बाटाको प्रयोग गरी सामान आयात गर्न थालेका कारण राष्ट्र बैंकले यस्तो कदम चालेको हो । राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा गरेको कडाई भारतीय संचारमाध्यमा पनि गशिप बनिरहेको छ ।

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।