विजनेश बढाउँदै विजनेश युनिभर्सल, संचालन नाफा २०८ प्रतिशतले बढायो

Nov 23, 2015 Mero Lagani

बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक (BUDBL) ले चालु आर्थिक वर्ष २०७२/७३ को प्रथम त्रैमासमा ६ करोड ४१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । जुन अधिल्लो वर्षको सोहि अवधिको तुलनामा २०८ प्रतिशतले बढि हो ।

गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको निक्षेप २६ प्रतिशतले वृद्धि भई करिब ६ अर्व ५९ करोड पुगेको छ भने कर्जा २८ प्रतिशतले वृद्धि भई ५ अर्व ५८ करोड पुगेको छ । यसअवधिमा बैंकको कुल सम्पत्ति २२ प्रतिशतले बढेर ८ अर्व ४४ करोड नाघेको प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने भएको छ । जुन नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सकेको र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गरिने छ ।

हाल बैंकको चुक्ता पुँजी ९३ करोड ४६ लाख ८९ हजार रहेकोमा उक्त बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी रु. १ अर्व ५ करोड ६१ लाख ९९ हजार पुग्नेछ । बैंकको तरलता अनुपात ३३.७७ प्रतिशत रहेको छ भने पुँजी कोष १९.१२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पुुँजी वृद्धि योजना एवं बैंकलाई अझ बढी सवल र सुुदृढ गर्दै जाने बैंकको योजना अनुसार गत मंसिर १ गते फेवा विकास बैंक लि पोखरा विच एक आपसमा मर्ज गर्ने सहमति पत्रमा हस्ताक्षर गरि आवश्यक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिसकिएको छ ।

बैंकले चालु आ.व.मा पोखरामा एक शाखा कार्यालय स्थापना गरि कारोवार शुुरु गरेको छ र काठमाण्डौको बानेश्वरमा थप एक शाखा कार्यालय स्थापना गरि सिघ्र संचालनको तयारीमा रहेको छ । हाल बैंकको प्रधान कार्यालय सहित १३ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानमा आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोछ ।

 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।