अपिको शेयरमा खरिदकर्ताको चाप, कारोबार खुलेको पहिलो दिनमै ग्रामिण विकास बैंकको मूल्य दश प्रतिशतले बढ्यो

Nov 24, 2015 Mero Lagani

भारतले लगाएको नाकाबन्दीले अर्थतन्त्र शिथिल बन्दै जाँदा ओरालो गतिमा रहेको शेयरबजार मंगलबार वियरिस रह्यो । सोमबार बजारमा सामान्य सुधार देखिएपनि मंगलबार नेप्से झण्डै दश अंकले घटेको छ भने २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो सातादेखि कारोबारमा आएको अपि हाइड्रोको शेयरमा खरिदकर्ताको चाप देखिएको छ भने मर्जरपश्चात पहिलो पटक कारोबारमा आएको ग्रामिण विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्यो ।

मंगलबार बजार खुलेको केहिबेर हरियो देखिएपनि त्यसपछि क्रमश ओरालो लागेको नेप्से ९.११ अंकले १०६६.६९ अंकमा पुगेको छ । विकास बैंक बाहेक कारोबारमा आएका अन्य सबै समूहको सूचक नकारात्मक भएपछि समग्र बजार ओरालो लागेको हो ।

यसदिन १११ कम्पनीको २१ करोड ९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अधिल्लो कारोबारको तुलनामा मंगलबार कारोबार रकम २ करोड ६६ लाख रुपैयाँले घटेको छ ।

 यसदिन सबैभन्दा धेरै कारोबार अपि हाइड्रको एक करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसदिन अपिको शेयरमुल्य समेत सात प्रतिशत भन्दा धेरैले बढेर प्रतिकित्ता ४३० रुपैयाँ पुगेको छ । अघिल्लो साताबाट मात्र नेप्सेमा कारोबारमा आएको अपि हाइड्रो शेयर किनबेचमा क्रमश बढेत्तरी हुदै गएको छ ।

त्यस्तै नेपाल लाइफ, एभरेष्ट बैंक, एस डेभलपमेन्ट बैंक संस्थापक, एनएमबी र एनआईशी एशियाले करोड बढिको कारोबार गरेका छन् ।

यसदिन नेपाल ग्रामिण विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । यसको शेयरमूल्य दश प्रतिशतले बढेर प्रतिकित्ता ११० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

पाँच वटा सस्था मर्ज भएरे ग्रामीण विकास बैंक बनेको हो । मर्ज प्रयोजनका लागि दुई वर्ष भन्दा धेरै समय यसको कारोबार रोकिएको थियो । बैंकको सेयर प्रतिकित्ता न्युनतम ३६ रुपैयाँ देखि अधिकतम एक सय आठ रुपैयाँ ओपन रेञ्ज तोकिएको थियो ।

त्यसपछि क्रमश अपि हाइड्रो, अरुण हाईड्रो र मालिका विकाश बैंक धेरै कमाउनेको सूचीमा अगाडि परेका छन् ।

अघिल्लो दिन नेप्से उकास्न मद्यत पुर्र्याको नेपाल टेलिकममा लगानीकर्ताले मंगलबार सबैभन्दा धेरै गुमाएका छन् । जसको शेयरमूल्य ४३ रुपैयाँले घटेर अन्तिम मूल्य प्रतिकित्ता ६४६ रुपैयाँमा झरेको छ । राप्तीभेरी विकास बैंक, नारायणी नेशनल फाइनान्स र भत्तपुर फाइनान्सका लगानीकर्ता समेत गुमाउनेको अग्रपत्तिमा परेका छन् ।

 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।