एनसीसी बैंकले चार वटा बिकास बैंकलाई आफुमा गाभ्ने, राष्ट्र बैंकले देखायो उदाहरण

Nov 27, 2015 Merolagani



नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको नेपाल क्रेडिट एण्ड कमर्श (NCCB) बैंकले चार वटा बिकास बैंकलाई आफुमा गाभेर मर्जर नीति कार्यान्वयनको उदाहरण प्रस्तुृत गर्ने भएको छ । एनसीसीले चारवटा विकास बैंकहरु एपेक्स डेभलपमेन्ट(APEX), इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट(IDBL), सुप्रिम डेभलपमेन्ट(SUPREME) र इन्टरनेशनल डेलपमेन्ट बैंक(INDBL)लाई आफुमा मर्ज गर्न शुक्रबार सम्झौता भएको छ ।

 अरु बैंक तथा बित्तीय संस्थाहरुले केही समय यता मर्जरमा जान आनाकानी गरिरहेको बेला राष्ट्र बैंक आफैले ब्यवस्थापन लिएको बैंकलाई बृहत मर्जर अभियानमा लगेर उदाहरण प्रस्तुत गरेको हो । 

एनसीसीको चुक्तापूँजी दुई अर्ब दुई करोड रुपैयाँ छ भने चार विकास बैंकलाई आफुमा मिलाएपछि पाँच अर्ब ३ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

पाँच संस्थाबीचको सम्झौतामा नयाँ बन्ने बैंकमा नाम, बोर्ड र सिइओ एनसिसि बैंकबाटै हुने उल्लेख छ भने मर्जका लागि सेयर स्वाप रेसियो भने डिडिएबाट आएको अंकमा समझदारी गरेर टुङ्गो लगाउने सहमति भएको जनाईएको छ ।

कस्को कति पूँजी ?

एनसीसीसँग मर्ज हुने चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकसँग ८२ करोड ७५ लाख चुक्ता पूँजी छ भने सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।


गत आर्थिक वर्षसम्ममा यी पाँचवटा संस्थामध्ये एपेक्स डेभलपमेन्ट बैंक बाहेक सबै संस्था नाफामा छन्। एपेक्सको भने रिजर्व पनि ७ करोड ७० लाख रुपैयाँले ऋणात्मक छ। पाँचवटा संस्था मर्जपछि बन्ने नयाँ बैंकको निक्षेप ४७ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ। यस्तै कर्जा पनि ३७ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ। अहिले एनसिसीको मात्रै निक्षेप २६ अर्ब ६६ करोड रुपैयाँ छ भने कर्जा लगानी २१ अर्ब ४४ करोड रुपैयाँ छ। एनसिसी बैंकले एनसीसीले आफ्नो पूँजी योजनामा मर्जरबाट तीन अर्ब ७७ करोड रुपैयाँ पुँजी थप्ने उल्लेख गरेको छ जुन चार वटा बैंकबाट पुग्नेछ ।

एनबी समूहले एनसीसी बैंकमा बदमासी गरेर संचालकहरुबीचमा बिबाद भएपछि राष्ट्र बैंकले ब्यवस्थापन नियन्त्रणमा लिएको थियो ।

एनसीसीको भैरहवामा सम्पन्न साधारणसभाले मर्ज गरेर बैंकलाई बलियो बनाएपछि मात्र राष्ट्रबैकलाई ब्यवस्थापन छाड्न अख्तियारी दिईसकेको छ ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।