ज्योति विकास बैंक र हाम्रो विकास बैंक पनि गाभिदै,चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्ने

Nov 29, 2015 Mero Lagani

ज्योति विकास बैंक (JBBL)  र हाम्रो विकास बैंक (HAMRO) एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ । चैत्त मसान्तसम्ममा मर्जर पुरा हुने र आगामी वैशाखबाट एकिकृत कारोबार थाल्ने योजना रहेको छ । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ९२ करोड ३४ लाख रुपैंया चुक्तापूँजी तथा हाम्रो विकास बैंकको १२ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रेहको छ । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ ।

हाम्रो विकास बैंकका प्रमुख कार्यकारी कपिल दाहालका अनुसार स्वाप रेसियो डिडिए को रिर्पोटका आधारमा तय गरिनेछ ।
ज्योती विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको थियो भने हाम्रो विकास बैंक ले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालुबर्षको पहिलो त्रैमासको विवरण अनुसार ज्योति विकास बैंकको निष्कृय कर्जा १ दशमलव ८९ प्रतिशत रहेको छ भने हाम्रा विकास बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत रहेको छ ।
दुवै बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेका थिए । मर्जर पश्चात बन्ने नयाँ बैंकको २८ शाखा तथा २ एक्सटेन्शन काउण्टर हुनेछन् ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।