हाल बजारमा ८४१ रुपैयाँ प्रतिकित्तामा किनबेच भईरहेको शिखरको शेयर ६५० रुपैयाँमा किन्न पाउनु फाईदाकै कुरा भए पनि शेयर संख्या थोरै र आबेदन गरेको शेयर संख्या धेरै भएमा यसै होला भन्न सकिन्न । शिखरले प्रति कित्ता ५५० रुपैयाँ प्रिमियम थपी शेयर बिक्रीमा आएको हो ।
र्इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार आवेदकले शिखर इन्स्योरेन्सको मुख्य कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु न्युरोड, गोंगबु, चाबहिल, बिराटनगर, बीरगञ्ज, पोखरा, नारायणगढ, बुटबल र नेपालगञ्जबाट आवेदन दिन सक्ने छन् । आबेदकले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदनपत्र साथ रकम बुझाउन सक्ने छन् ।
त्यसै गरी एनआइबीएल क्यापिटल लाजिम्पाट र नेपाल इन्भेष्टमेण्ट बैंकका मुलुकभरका सबै शाखाहरु र कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड सोल्टीमोडबाट आवेदन दिन सकिने छ । कृति बाहेकका सबै स्थानबाट नगद तथा चेकबाट आवेदन दिन सकिने भए पनि कृति क्यापिटलबाट आवेदन दिनेले अनिवार्य रुपमा चेकबाट रकम बुझाउनु पर्ने छ । इृन्भेष्टमेन्ट बैंकमा खाता भएकाहरुले सोही खाता आबेदन पत्रमा उल्लेख गरेमा शेयर नपरी बााकी रहेको रकम सोही बैंक खातामा जम्मा हुने ब्यवस्था मिलाईएको छ ।
निष्काशनको म्याद छिटोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्म रहेको छ ।
अहिले इन्सायरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ । एफपीओ जारी भएर सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थापकको ७० प्रतिशत भए पछि कम्पनीले साधारण सभा मार्फत १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरी संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाउन सक्छ ।
३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ ।