टुरिजम् डेभलपमेन्ट बैंकले किन्ने भयो मातृभूमि विकास बैंक, १६ प्रतिशत बोनस पनि बाड्ने

Dec 04, 2015 Mero Lagani

राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंक (TDBL) ले एक जिल्ल मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच विहीबार एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो । साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । विहीबार भएको संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन ।

साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले दश करोड पचासी लाख चौवालिस हजार रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । यो सेयर वितरण पछि बैंकको चुक्ता पुँजी करिब ७५ करोड पुग्छ ।

बैंकले बोनस सेयरको कर प्रयोजनका लागि ०.८४१२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए ।  उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा साधारण सभाबाट स्वीकृति पश्चात वितरण हुनेछ ।

...........................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।