गरिमा विकास बैंकको बोनस शेयर प्रस्तावलाई राष्ट्र बैंकले दियो स्वीकृति

Dec 18, 2015 Mero Lagani

गरिमा विकास बैंक (GBBL) ले शेयरधनीलाई दिने भनेर प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । गत आर्थिक वर्षको खुद नाफाबाट बितरण गर्ने उक्त बोनसलाई अब बैंकले साधारण सभा मार्फत पारित गरी शेयरधनीलाई बितरण गर्नेछ ।

केही समय अघि बैंक सञ्चालक समितिको बैठकले गरेको बोनस शेयरको प्रस्तावलाई राष्ट्र बैंकले बिहीबार स्वीकृत गरेको हो । ७० करोड ९५ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १६ करोड ३१ लाख रुपैंया खुद नाफा कमाएको थियो । बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी ८५ करोड १४ लाख रुपैंया पुग्ने छ ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैंया ९९ पैसा तथा निष्कृय कर्जा अनुपात शुन्य दशमलव २४ प्रतिशत रहेको बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैंया कर्जा प्रवाह तथा ६ अर्ब ३५ करोड रुपैंया निक्षेप संकलन गरेको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।