मुक्तिनाथ बिकास बैंकको ३१ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद, आफै चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउने

Dec 20, 2015 Merolagani



लघुबित्तको समेत कारोबार गरेर बिकास बैंकको लहरमा अग्रपक्तिमा उभिएको पोखराको मुक्तिनाथ बिकास बैंकले लगानीकर्तालाइृ गत बर्षको खुद नाफाबाट ३१ प्रतिशत बोनस र त्यसपछि ५० प्रतिशत हकप्रद दिएर चुक्ता पूंजी एक अर्ब २५ करोड पुर्याउने भएको छ ।

 

हाल ६४ करोड चुक्ता पूँजी बनाएर राष्ट्रियस्तरको बिकास बैंकमा स्तर उन्नति भएको बैंकले आगामी दुई बर्षमा आफैले दुई बर्ष भित्रमा दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याएर राष्ट्र बैंकको मौद्रिक नीतिले तय गरेको पूँजी योजना पुरा गर्ने महत्वाकाँक्षी योजना पनि सार्वजनिक गरेको छ ।

बैंकले यही मुख्य ऐजेण्डलाई पारित गराउन आगामी पुस २८ गते पोखराको होटल ग्राण्डमा नबौ बार्षिक साधारणसभा समेत राखेको छ ।

बैंकले अन्य बैंक तथा बित्तीय संस्थाहरुसँग मर्ज गर्ने र खरिद गरी पूँजी बढाउने विकल्प पनि लिएको छ । मुक्तिनाथले केही समय अघि धादिड.को सिभिक बिकास बैंकलाई आफुमा गाभेको थियो ।
४२ करोड जगेडा कोष, ०।३१ प्रतिशत मात्र निस्क्रिय कर्जा, प्रति शेयर आम्दानी ४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६ रहेको यो बैंक नाम चलेका लघुबित्त भन्दा कम छैन । नामले लघुबित्त हैन, ब्यवहारमा लघुबित्तको काम गरेर यो कम्पनीले आफुलाई क्रमिक रुपमा सबल पार्दै लगेको छ ।

अरु लघुबित्तले सर्बसाधारणबाट प्रत्यक्ष रुपमा निक्षेप लिन नपाउने भए पनि यस बैंकले बिकास बैंकको रुपमा सस्तोमा निक्षेप लिएर लघुबित्तको काम बिभिन्न शाखा संजाल मार्फत अगाडि बढाईरहेको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।