एभरेष्ट बैंकका पूँजी बढाउने तीन विकल्प, मर्ज प्रस्ताव नमान्ने चार बैंक कुन हुन ?

Dec 21, 2015 Merolagani



एभरेष्ट बैंकले आफुमा मर्ज हुन चार वटा बैंकहरुलाई प्रस्ताव पठाए पनि कसैले स्वीकार नगरेको भन्दै दुखेसो पोखेको छ । एभरेष्ट बैंकको २१ औ साधारणसभामा बोल्दै बैंकका अध्यक्ष बिष्णुकृष्ण (बीके) श्रेष्ठले आफुहरुले पूँजी बृद्धिका लागि चार वटा बैंकहरुसँग छलफल चलाए पनि कसैले पनि सकारात्मक जवाफ नदिएको भन्दै गुनासो गरे ।

बीकेले भने, हामीले चारवटा बैंकहरुसँग छलफल चलायौं । केपीएमजी लगायतका अन्र्तराष्ट्रिय लेखापरीक्षण संस्थाहरुबाट मुल्यांकन गराएर शेयर स्वाप रेसियो कायम गरौं, लागेको खर्च मिलेर ब्यहोरौला पनि भन्यौ तर कसैले मानेनन् । 

उनले आफ्नो एभरेष्ट बैंकमा जस्तो छिटो र सहज रुपमा निर्णय गर्न अरु बैंकका संचालक समिति असफल भएकाले पनि मर्ज र एक्विजिशनको कुरा टुंगोमा पुग्न नसकेको हुनसक्ने अनुमान लगाए ।


उनले शेयर स्वाप रेसियो कसरी तय गर्ने भन्ने कुरामै मर्ज र एक्विजिशनको मामिला अल्झिएको भन्दै प्रति शेयर आम्दानीको आधारमा पनि गर्न सकिने प्रस्ताव गरिएको जनाए । उनले अन्य बैंकहरुलाई ४ः१ (उनीहरुको चार शेयर वापत एभरेष्ट बैंकको एक शेयर)को स्वाप रेसियो प्रस्ताव गरिएको कुरा पनि खुलाए तर एभरेष्टसँग कुरा भएका बैंकहरुको नाम भनेनन् । स्रोतका अनुसार एभरेष्टले कुमारी, सेन्चुरी, लुम्बिनी र सिभिल बैंकसँग मर्जको प्रस्ताव राखेको थियो । 

साधारणसभामा एभरेष्टको पर्याप्त नाफा र पूँजीगत जगेडा कोष भए पनि अपेक्षाकृत बोनस शेयर नदिएको भन्दै लगानीकर्ताहरुले ब्यवस्थापनको आलोचना गरेका थिए । बैंक संचालक समितिमा बिकेले आफन्तहरुलाई राखेर हालीमुहाली गरेको आरोप पनि लगानीकर्ताहरुले लगाएका थिए ।


राष्ट्र बैंकलाई बुझाएको पूँजी वृद्धि योजनालाई पाखा लगाएर लाभांस घोषणा र पारित गराउन सकेका बिकेले राष्ट्र बैंकको निर्णयलाई हुकुमी भन्दै आलोचना पनि गरे । तर उनले आफ्नो बैंकले राष्ट्र बैंकको पूँजी बृद्धि योजना आगामी दुई बर्ष भित्रमा पुरा गर्ने भन्दै त्यसका लागि जोर जबरजस्ति नमान्ने घोषणा गरे ।

एभरेष्ट बैंक बिकेको एकल निर्णयबाट चल्ने गरेको र उसँग मर्जमा जाँदा आफ्नो सबै अस्तित्व गुमाउनुपर्ने भएकाले अरु बाणिज्य बैंकका संचालकहरु एभरेष्टसंग मर्ज वा एक्विजिशनमा जान अनिच्छुक रहेको बताईन्छ । तर बिकेले एक वा दुईजना संचालकहरु मर्ज वा एक्विशिजन भएर आउने बैंकका लाई दिन सकिने लचकता पनि प्रदर्शन गरे । उनको सबैभन्दा ठूलो चिन्ता कर्मचारी मिलानमा देखियो ।

बिकेले मर्जर र एक्विजिशनबारे लामो भाषण गरे पनि साधारणसभामा उपयुक्त बैंकसँग मर्ज वा एक्विजिशन गर्ने प्रस्तावै थिएन । 

 

पूँजी बृद्धिका लागि एभरेष्टले तीन वटा विकल्पलाई अघि सार्ने उनले बताए । मर्जर, प्रिमियममा हकप्रद वा प्रिमियममा थप शेयर निष्काशन (एफपीओ) मार्फत चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना उनले अघि सारे ।
पूँजी धेरै हुनु भन्दा बैंकको आम्दानी धेरै हुदा मात्र बैंक बलियो हुने बताएका बिकेले पूँजी बढाए पछि बैंकहरुको व्यवसाय खस्किन सक्ने तर्क गरे ।

बिकेले मर्जर र एक्विजिशनबाट पूँजी बृद्धिको संभावना कमजोर रहेको संकेत गर्दै प्रिमियममा हकप्रद वा प्रिमियममा थप निकाशन नै बलियो संभावना रहेको औल्याए । तर आगामी बर्ष पनि बोनस शेयरबाटै पूँजी बृद्धि गर्ने कुरामा भने अनिच्छा नै देखियो । 


उनले एभरेष्ट बैंकमा कर्मचारी युनियनको दादागिरी चलेको भन्दै आफ्नो लिखित मन्तब्यमै चर्को आलोचना गरेका छन् ।

भारतीय साझेदार पन्जाब नेशनल बैंकसँग केही मतभेद भएको कुरा चर्चामा रहे पनि उनले त्यसलाई नकार्दै आफुहरुबीच कुनै मतभेद नरहेको र कुनै काममा मतभेद देखिए त्यस्तो कामै छाड्ने गरिएको खुलासा गरे । 


साधारण सभाले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस दिने प्रस्तावलाई पारित गरेको छ । एभरेष्ट बैंकले ३० प्रतिशत बोनस वितरण गरेपछि चुक्ता पूँजी दुई अर्ब ६२ करोड पुगेको छ भने स्वतन्त्र जगेडा कोषमा दुई अर्ब रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।