बिओके र लुम्बिनीको किन बढ्यो कारोबार ? दश कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढ्यो

Dec 24, 2015 Mero Lagani

विहिबार शेयरबजारमा सामान्य सुधार हुँदा कारोबार रकममा समेत बढ्त्तोरी देखिएको छ । साताको अन्तिम कारोबारमा दश कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतको हाराहारीमा बढ्दा धेरै कमाउने कम्पनीमा वीमा र लघुवित्त अग्रपंतिमा देखिएका छन् । गत साता जस्तै बजारमा मर्जरको चर्चा चलेपछि बैंकअफ काठमाडौ र लुम्बिनी बैंकको कारोबार समेत बढेको छ ।

मर्जरको चर्चाले बिहीबार लुम्बनी बैंक र बैंक अफ काठमाण्डू (बिओके) को सबैभन्दा वढी कित्ता सेयर कारोबार भएको छ । यी दुईबैंकबीच मर्जमा जाने कुनै औपचारीक सहमति नभएको भएपनि केहिसाता यतादेखि बेलाबेलामा बजारमा हल्ला चल्ने गरेको छ र यहि हल्लाकै कारण यी दुई कम्पनीको कारोबारमा समेत बढ्त्तोरी हुने गरेको छ । गएको हप्तामा पनि यस्तै हल्ला चलेपछि यी दुई कम्पनीको कारोबारमा नाटकिय परिर्वतन देखिएको थियो ।

लुम्बिनी बैंकको ६५ हजार ५०५ कित्ता सेयर किनबेच भएको छ । बिओकेको पनि ५३ हजार ८०६ कित्ता सेयर कारोबार भएको छ । लुम्बिनीको सेयर मूल्य ४०१ र बिओकेको ५८५ रुपैयाँमा बन्द भएको छ । यसदिन बैंकअफ काठमाडौको ३ करोड १३ लाख र लुम्बिनी बैंकको २ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
विहिबार पनि एनआई सी एशिया बैंकको सबैभन्दा धेरै झण्डै ३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । लाभांश घोषणा गरेपछि यो बैंकको कारोबार सबैभन्दा धेरै हुँदै आएको छ ।

यसदिनको कारोबारमा नौ वटा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै विजय लघुवित्त र मिर्मिरे माइक्रो फाइनान्सको दश प्रतिशतका दरले शेयरमूल्य बढेको छ । विजय लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेर १७६० रुपैयाँ पुगेको छ भने मिर्मिरेको ११० रुपैयाँले बढेर ११५५ रुपैयाँ पुगेको छ ।

त्यसपछि पूर्णिमा विकास बैंक, लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएलएफसीओ माइक्रोफाइनान्स, मिथिला लघुवित्त, प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको पनि झण्डै दशप्रतिशतकै हाराहारीमा शेयरमूल्य बढेको छ ।

दश प्रतिशतको हाराहारीमा शेयरमूल्य बढ्ने कम्पनीमा चार लघुवित्त, पाँच वटा इन्स्योरेन्स तथा एउटा विकास बैंक रहेका छन् ।

यसदिनको कारोबारमा तारागाँय रेजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतले घटेको छ ।

त्यसैगरि समिट माइक्रो, मितेरी डेभलपमेन्ट, भत्तपुर फाइनान्स, अरुण फाइनान्स, नेपाल बैंक, रिलायबल डेभलपमेन्ट, टुरिजम डेभलपमेन्ट बैंक लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।

विहिबार नेप्से ३.६९ अंकले बढेर ११३७.०३ अंकमा पुगेको छ । यसदिन शेयरबजारमा १२५ कम्पनीको ४६ करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत तीन करोड रुपैयाँ बढिले बढेको छ ।

 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।