मिनेटमा १३ सय कित्ता शेयर डिम्याट !

Dec 28, 2015 Mero Lagani

पछिल्लो समय अनिवार्य डिम्याटको कारोबारले बजार तातेका बेला बजार प्रभावित हुने हो कि भन्ने चासो यत्र तत्र सर्वत्र भैरहेको छ । यस बिचमा सीडिएस एण्ड क्लियरिङ् लिमिटेडले एक मिनेटमा १ हजार ३ सय कित्ता शेयर डिम्याट गराई रहेको छ । यस क्रममा सीडिएससीले ३ दिनमा मात्र ७३ लाख ७ हजार ६ सय १७ कित्ता शेयर डिम्याट गराएको छ ।

सीडिएससीका प्रमुख कार्यकारीले मेरो लगानीलाई दिएको जानकारी अनुसार अहिले सीडिएसले १ मिनेटमा १ हजार ३ सयको हाराहारीमा कागजी शेयर प्रमाणपत्रलाई अभौतिक शेयरमा रुपान्तरण गरिरहेको छ । उनी भन्छन् ‘अहिले डिम्याट गराउने सबै पक्षको पुर्वाधार बिस्तार गरि तिब्र रुपमा शेयर डिम्याट गराई रहेका छौं । अहिले १ मिनेटमा औसतमा १३ सय कित्ता शेयर डिम्याट भैरहेको छ ।’

पुस २ गते बिहीबारसम्ममा सीडिएससीले २५ करोड ९ लाख ४१ हजार ४ सय ८५ कित्ता शेयर डिम्याट गराएको थियो भने त्यस पछिका ३ दिनमा ५९ लाख ८५ हजार १ सय ७१ कित्ता शेयर डिम्याट भए । गत ६ गते सोमबारसम्मा कुल २५ करोड ६९ लाख २६ हजार ६ सय ५६ कित्ता शेयर डिम्याट गराएको सीडिएससीले त्यस पछिका ३ दिनमा फेरी ७३ लाख ७ हजार ६ सय १७ कित्ता शेयर डिम्याट गराएको हो । आइतबार बेलुकासम्ममा डिम्याट भएको कुल शेयरको संख्या २६ करोड ४२ लाख ३४ हजार २ सय ७३ कित्ता शेयर डिम्याट भएका छन् ।
यस क्रममा डिम्याट खाता खोल्ने शेयरधनीको संख्या १ लाख ३५ हजार ५ सय ९४ पुगेको छ ।

गत सोमबारसम्ममा यो संख्या १ लाख ३३ हजार ९ सय ८९ जनाले डिम्याट खाता खोलेका थिए । यसका साथै गत सोमबारसम्मा ४ करोड २० लाख २ठ हजार २ सय ४५ कित्ता शेयर बराबरको ३३ अर्ब ३८ करोड ९८ लाख २० हजार ७९ रुपैंया बराबरको डिम्याट शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट गरिएको सीडिएससीले जनाएको छ ।

माघ १ गतेदेखि अनिवार्य डिम्याट कारोबारमा जानुपर्ने बाध्यताका कारण पनि लगानीकर्ता तथा सुचिकृत कम्पनीहरुलाई डिम्याटमा जान कर लागेको हो । यस क्रममा सोमबारसम्ममा १ सय २६ कम्पनी फुल डिम्याटमा गैसकेका छन् भने ३४ वटा कम्पनी साता भित्रमा डिम्याटमा जाने सीडिएससीले जनाएको छ ।

कुल २ सय ३० सुचिकृत कम्पनी मध्ये अब कारोबारको चाप नपर्ने २९ कम्पनीको मात्र शेयर डिम्याट हुन बाँकी रहेका छन् । अहिलेसम्म डिम्याटमा गएका कम्पनीको शेयर कारोबारको सक्रियताका आधारमा ९९ दशमलव ८ प्रतिशत डिम्याट भएका हुन् ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।