डिम्याटमा जान बाँकी कम्पनी कुन् कुन हुन् ? सुचीकृत २ सय ३२ कम्पनीको विबरण सहित

Dec 30, 2015 Mero Lagani

माघ १ गतेदेखि अनिवार्य भएको डिम्याट शेयरको किनबेचले अहिले सुचिकृत कम्पनीहरुलाई डिम्याट गराउने चटारो थपिएको त छ नै छोटो समयमा डिम्याटमा जानुपर्ने बाध्यता पनि आइ लागेको छ । यस क्रममा अहिलेसम्म १ सय ६२ कम्पनी केही दिन भित्रमा नै डिम्याटमा जाने छन भने २९ कम्पनी यसको पाइपलाइनमा छन् ।

अहिले १ सय २२ कम्पनी पुर्ण डिम्याटमा गएका छन् भने ५ कम्पनी पार्शियल डिम्याटमा छन् । यसरी अहिले १ सय २७ कम्पनीको डिम्याट कारोबार भैरहेको छ भने थप ३५ कम्पनीले डिम्याटमा जानका लागि सिडिएस एण्ड क्लियरिंग लिमिटेडमा सबै प्रकृया पुरा गरिसकेका छन् । १ सय २७ र ३५ गरि कुल १ सय ६२ कम्पनी केही दिन भित्रमा नै डिम्याटमा जाने छन् । यसमा चिलिमे जलविद्युत आयोजना देखि विभिन्न समुहका कम्पनीहरु रहेका छन् ।

नेप्सेमा कुल २ सय ३२ कम्पनी सुचिकृत भएकोमा कतिपय कम्पनीहरु खारेजीमा गएका छन् भने कतिपय बैंक तथा वित्तीय संस्था मर्जरको प्रकृयामा रहेकाले उनीहरुलाई मर्जर अनिवार्य नहुने भएको हो ।

सिडिएस एण्ड क्लियरिंग लिमिटेडले दिएको जानकारी अनुसार अब डिम्याट हुन बाँकी ५१ कम्पनीहरु मध्ये २९ कम्पनी मात्र डिम्याटमा जान बाँकी छ । यसै अनुरुप अहिले सिडिएससीले शेयर डिम्याटको कामलाई तिब्र बनाएको छ ।

कुन् कुन कम्पनी डिम्याटमा गएका छन् ?

 

डिम्याटमा जान बाँकी कम्पनी कुन् कुन् हुन् ?

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।