एलआईसी नेपालले २५ प्रतिशत बोनस दिएर यसरी हुने भयो दोस्रो कम्पनी

Jan 04, 2016 Merolagani



शेयर बजार बीमा कम्पनीहरुले तताएको बेला जीवन बीमा क्षेत्रको लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल ले गत बर्षको खुद नाफाबाट लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनी संचालक समितिको ७८ औं बैठकले २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

 कम्पनीको १४ औं बार्षिक साधारणसभाले पारित गरेपछि हालको ८५ करोड ५५ लाख चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ ।

एलआईसी नेपाल नेपालका अरु जीवन बीमा कम्पनीहरुको क्षेत्रमा चुक्ता पूँजीको हिसावले दोस्रो कम्पनी बन्ने भएको छ । यस अघि नेपालल लाईफ र नेशनल लाईफ क्रमश एक अर्ब ७३ करोड र एक अर्ब १ करोड चुक्ता पूँजीले पहिलो र दोस्रो कम्पनीमा दरिएका थिए । नेशनल लाईफलाई चुक्ता पूँजीमा अब एलआईसीले जित्ने भएको हो ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।